एजेन्सी । संयुक्त राष्ट्रसंघले जारी गरेको एक रिपोर्ट अनुसार दक्षिणी सुडानमा सेनासँग जोडिएका लडाकुलाई तलबको सट्टा महिलालाई बलात्कार गर्ने स्वीकृति दिने गरेको घटना सार्वजनिक भएको छ । उक्त रिपोर्टका अनुसार दक्षिणी सुडानको सेनाले आम नागरिकको हत्या तथा बलात्कार गर्ने गरेको र यो युद्ध अपराध भएको राष्ट्रसंघले जनाएको छ । सुडानको युनिटि राज्यमा गत वर्ष १३०० महिलालाई बलत्कार गरिएको थियो । यसैगरी बिद्रोहीसँग लड्नका लागि सेनालाई जे गर्न मन लाग्छ त्यही गर्न पाउने र जे लिन सकिन्छ त्यही लैजाने छुट लिइएको रिपोर्टमा उल्लेख गरिएको छ ।
यस्तै लडाकुलाई तलबको सट्टा महिलालालाई बलात्कार गर्ने अधिकार दिइएको बताएको छ । तर सेनाले आम नागरिकलाई निशाना बनाएको र उनीहरुको हत्या तथा बलात्कार गरेको भन्ने आरोपबारे छानबिन भइरहेको सरकारी अधिकारीले जनाएका छन । यस्तै राष्ट्रपति साल्भा किरका प्रवक्ता एटेनी वे एटेनीले आफूहरुले नियम अनुसार नै काम गरेको दाबी गरेका छन्।लडाकुलाई महिला तथा किशोरी आफ्नो साथमा लगेर बलात्कार गर्ने छुट रहेको राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख छ । दक्षिणी सुडानमा भइरहेको यौन हिंसा विश्वको सबै भन्दा जघन्य मानवअधिकार हनन् रहेको राष्ट्रसंघ मानवअधिकार आयुक्त जैद राद अल हुसैनले बताए ।
एक महिलामाथि नै १० भन्दा धेरै लडाकुले एक साथ बलात्कार गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ । दक्षिणी सुडानमा सन् २०१३ को डिसेम्बरदेखि गृह युद्ध सुरु भएको हो । राष्ट्रपति साल्भा किरले उपराष्ट्रपति रिक मचाडलाई सत्ता हत्याउन खोजेको आरोपमा हटाएपछि गृहयुद्ध सुरु भएको हो । दक्षिण सुडानमा अहिलेसम्म दशौं हजारको ज्यान गएको छ भने २० लाख भन्दा धेरै मानिस विस्थापित भएका छन् ।
-By Nirdesh pokhrel
Post a Comment