१४ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलको पाँचौ राउण्डको पहिलो खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले जित हासिल गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा पुलिसले न्युरोड टिम (एनआरटी) लाई ३–० ले पराजित गरेको हो ।
पुलिसको जितमा निरकुमार राईले दुई र अभिषेक रिजालले एक गोल गरे ।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको पुलिसले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । एकपक्षीय खेलमा पुलिसका लागि ४० औं मिनेटमा निरकुमार राईले गोल गर्दै अग्रता दिलाएका थिए ।
खेलको ६६ औं मिनेटमा पुलिसका अभिषेक रिजालले गोल गर्दै पुलिसलाई २–० को अवस्थामा पु¥याए । ८२ औं मिनेटमा पुलिसका लागि निरकुमार राईले नै अर्को गोल गर्दै ३–० गोलको स्पष्ट जित दिलाएका हुन् ।
जितसँगै पुलिसले पाँच खेलबाट १० अंक बनाएको छ । यता पराजित एनआरटी भने पाँच खेलबाट एक अंक बनाउँदै लिगको पुछारमा रहेको छ ।
By Nirdesh pokharel
Post a Comment