काठमाडौ । बलिउड सिरियलकी चर्चित अभिनेत्री लीना तन्नुको अहिले जताततै चर्चा परिचर्चा भइरहेको छ । तर चर्चासगै उनको विवाह भएको ५ वर्ष सम्म पनि बच्चा नभएकोले त्यति नै आलोचानको पात्रको रुप पनि बनिरहेकी छिन् ।
उनको सन २०१३ मा राहुल सचदेवासँग विवाह भएको थियो । यी दुईको विवाह भएको ५ वर्ष पुगिसकेको छ । तर केहि समय अगाडी लीना गर्भवती भएको भन्दै सामाजिक संजालमा निकै ठुलो हल्ला चलेको थियो । यसैकारण सबैले विवाह भएको ५ वर्ष भैसकेको हुँदा गर्भवती भएको हुन सक्ने आकलन गरेपनि , उनले भने आफ्नो लक्ष्यमा नपुगी आमा नबन्ने विचारमा रहेकी कुरा प्रष्ट पारेकी छिन् ।
त्यसैले त यी सबै कुराको उनले खण्डन गदै आफू गर्भवती नभएको सामाजिक संजाल मार्फत प्रष्ट पारेकी र आफूले अहिले आमा बन्ने सोचमा नरहेको हुँदा आफ्नो निजी जिन्दगिको बारेमा चर्चा नगर्न समेत आग्रह गरेकी छिन् ।
त्यसैगरी उनले भारतीय टेलिचलचित्र क्षेत्रमा सबै भन्दा चर्चित सिरियलको रुपमा रहेको कुमकुम भाग्यमा लीना तन्नु नाम गरेको नकारात्मक भूमिका देखा पर्ने गर्छिन् । भने उनको सुन्दरतामा धेरै बलिउड नायिकालाई टक्कर दिने उनी सामाजिक संजालमा पनि धेरै सक्रिय हुने गर्छिन् । अहिले सम्म उनले २० भन्दा धेरै टेलिचलचित्रमा काम गरिसकेकी छिन् । र उनको पहिले जस्तै अहिले पनि त्यति नै चर्चा रहेको छ ।
-By Nirdesh pokhrel
Post a Comment