पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार नेयमार पुनः बार्सिलोना फर्कनु उपयुक्त नहुने पूर्व प्रशिक्षक लुइस भान हालले बताएका छन् । ब्राजिलियन नेयमार गत सिजनको सुरुवातमा कीर्तिमानी रकममा बार्सिलोनाबाट पिएसजी पुगेका थिए ।
डेढ वर्ष पिएसजीमा बिताएका नेयमार पुनः बार्सिलोना फर्कने सक्ने सम्भावना रहेको पछिल्लो दिनमा चर्चा सुरु भएको छ । बार्सिलोना उनका लागि २ सय मिलियन युरो सम्म खर्च गर्न समेत तयार रहेको बताइएको छ ।
२६ वर्षे नेयमारले पिएसजी जानुअघि बार्सिलोनाका लागि १ सय ८६ खेल खेल्दै १ सय ५ गोल गरेका थिए । भान हाल नेयमारको स्वार्थीपनाका कारण पूर्व क्लबका लागि ठिक नहुने मान्छन् । नेयमार बार्सिलोना फर्कने विषयमा भान हालले भने, ‘मलाई लाग्दैन उनी बार्सिलोनाका लागि ठिक छन् । तर यो मेरो व्यक्तिगत विचार हो ।’
नेयमार युवा खेलाडी भएकाले उनको खेलमा अझै विकास हुन बाँकी रहेको उनको तर्क छ । उनले आफुलाई टिमको खेलाडीका रुपमा विकसित गर्न आवश्यक छ’, भान हाललले थपे, ‘नेयमार व्यक्तिगत खेलाडी हुन् ।’ ब्राजिलियन कप्तान नेयमारले ११ लिग १ खेलमा यो सिजन १० गोल गर्नुका साथै पाँच गोलमा एसिस्ट गरिसकेका छन् ।
-Nirdesh pokhrel
Post a Comment