करोडौँ रकम खर्चेर आरामदायी यात्रा गर्ने शोखका साथ कार किनेका बलिउडका स्टारहरु खचाकच भरिएको सार्वजनिक अटो रिक्सामा यात्रा गर्ने गर्छन् । सुन्दा विश्वास नलाग्ला तर यथार्थ हो । आज हामी तपाइलाई आफ्नो शोख छोडेर यात्रुहरुको भिडले भरिएको सार्वजनिक यातायातमा यात्रा गर्ने स्टाहरुको बारेमा जानकारी दिँदै छौँ ।
अनिल कपूर : बलिउडका चर्चित कलाकार अनिल कपूर गणेश चतुर्थीको रेलमा यात्रा गरेको तस्वीर यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । सडकमा भरिएका प्राइभेट गाडीहरुको भिडले यात्रामा झन बढी समस्या निम्त्याउने भएको कारण आफु रेलमा यात्रा गरेको बताउँछन् ।
रणवरि कपूर : फिल्म तमाशाको प्रमोशनमा गएका अभिनेता रणवीर कपूर कार्यक्रमपछि अटो रिक्सा चढेर फर्किएका छन् । यतिबेला उनी अटो रिक्सा चढेर फर्किएको तस्वीर सामाजिक सञ्जालमा भायरल भएको छ ।
टाइगर श्राफ : आफुलाई कसैले चिन्न नसकोस भनेर रेलमा यात्रा गरेका अभिनेता टाइगर श्राफलाई मिडियाकर्मीहरुले पहिचान गरि लिएको तस्वीरले यतिबेला सामाजिक सञ्जालमा धुम मच्चाएको छ ।
रणवीर सिंह : साधारण काम गर्न पछि नपर्ने अभिनेता रणवीर सिंह आफ्नो सवारी साधन छोडेर बेला बेलामा सार्वजनिक यातायातमा यात्रा गर्ने गरेका छन् ।
रितिक रोशन : अभिनेता रितिक रोशनले आफ्ना दुई छोरासँग अटो रिक्सामा सवार गरिरहेको तस्वीर आफैले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । यतिबेल उनको उक्त तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
सलमान खान : उनी प्राय मुम्बाइको सडक तीर साइकलमा यात्रा गरिरहेका हुन्छन् । सार्वजनिक यातायातमा सवार गर्ने मध्येका बलिउड स्टार मध्येका एक हुन अभिनेता सलमान खान । उनी आफै सामाजिक सञ्जालमा सार्वजनिक सवारीमा यात्रा गरेको तस्वीर सेयर गरिरहन्छन् ।
अमिताभ बच्चन : उनी पनि सार्वजनिक यातायातमा यात्रा गर्न निकै रुचाउँछन् । सौरभर निंबकरका उनका प्रसंशक रेलमा गएर क्यान्सर बिरामीहरुको उपचारार्थ गित गाएर पैसा उठाउंदै गर्दा अमिताभ बचनले समेत सहयोग दिएपछि सबै अश्चर्यचकित बनेका थिए।
दिशा पटानी : आफ्ना प्रेमी टाइगर श्राफले आयोजना गरेको रात्री भोजको लागि अभिनेत्री दिशाले आफ्नो गाडी छोडेर अटो रिक्सामा गएको तस्बिर सामाजिक संजालमा भाइरल भएको थियो ।
-By Nirdesh pokhrel
Post a Comment