काठमाडौँ,१३ मंसिर । यतिबेला चर्चाको शिखरमा पुगेकी नेपाली चेली श्रृंखला खतिवडा नेपाललाई विश्वमाझ चिनाउन हर प्रयासरत रहेकी छन् । मिस वल्ड २०१८ को अब्बल प्रतिस्पर्धीको रुपमा प्रस्तुत भएकी खतिवडाले विश्वलाई चकित पारेकी छन् । आर्कषक रुपममा आएको भोटको कारण भोटिङ मार्फत चयण हुने अन्तिम चरणमा पुगिसकेकी छन् ।श्रृंखला मिस वल्ड भएसँगै विश्वले उनलाई मात्र हैन नेपाललाई पनि चिन्ने छ ।
३० देशका प्रतिस्पर्धी मध्ये श्रृंखलालाई मिस वल्डको दाबेरदारको रुपमा लिइएको छ । मिस वल्डको उपाधी नेपाल भित्र्याउने सम्भावना बढी देखिएको छ । मंसिर २२ गते शनिबार डिसेम्बर ८ का दिन चीनको सान्यामा सञ्चालन हुने मिस वल्र्ड–२०१८ मा सहभागिता जनाउन चीन पुगिसकेकी श्रृंखला अहिले आफ्नो त्यही प्रोजेक्टका कारण चर्चामा रहेकी छन् । नेपालमा मिस वल्डको ताज भित्र्याउने र नेपाललाई विश्वमाझ चिनाउने विषयमा चर्चा भइरहँदा श्रृंखलालाई भोट गर्ने अन्तिम दिन आइपुगेको छ । अब उनलाई भोट गर्नको लागि २ दिन मात्र बाँकी भएको कारण छिटो छिटो भोट गर्न सम्पूर्ण नेपालीलाई श्रृंखलाले आग्रह गरेकी छन् ।
हेर्नुहोस् यसरी गर्नुहोस् श्रृंखलालाई भोट : अनलाईन मार्फत भोट श्रृंखलालाई भोट गर्नको लागि आफ्नो मोबाइलमा मोबस्टार एक डाउनलोड गरेर श्रृंखलाको पेजमा गई श्रृंखलालाई फलो गर्नुपर्नेछ । त्यसपछि उनको पोस्टरमा गएर देब्रेबाट दाहिनेतर्फ स्विप गर्ने । त्यसो गर्ने साथ स्क्रिनमा यस लेखिएको देखिने छ । यस्तो देखिनु भनेको श्रृंखलाले एक भोट प्राप्त गर्नु हो । त्यसको लागि उनको हरेक पोस्टमा कमेन्ट गर्नुपर्नेछ ।
यसरी सबैभन्दा बढी भोट गर्ने क्रममा सबैभन्दा बढी भेट पाउनले नै मिस वल्डको उपाधी हात पार्नेछन् । त्यसकारण नेपाललाई विश्वमाझ चिनाउन हरप्रयासरत श्रृंखला खतिवडालाई छिटो भन्दा छिटो भोट गर्नुहुन आग्रह छ । तपाईहरु कै सानो सहयोगले नेपालले ठूलो सफलता हात पार्ने भएकाले सबैमाझ पुर्याउनको लागि फेसबुक म्यासेन्जरबाट सक्दो सेयर पनि गर्नुहोला ।
-By Nirdesh pokhrel
Post a Comment