काठमाडौँ । नेपाली चेली बन्दना नेपालले १२६ घण्टा नृत्य गदै बिश्व रेकर्ड कायम गर्न सफल भएकी छन । बत्तिसपुतलीस्थित विग फुडल्याण्ड होटलमा भएको उनको नृत्य आज दिउँसो ३ बजे सकिएको हो ।
मंसिर ७ गते विहान ९ बजेबाट सुरु गरेको नृत्य मंसिर १२गते दिउँसो ३ बजे टुङगिएको थियो । विभिन्न कष्ट र कठिनाइका बाबजुत पनि बन्दनाले वल्र्ड रेकर्ड राख्न सफल भएकी छिन् । थप भिडियोमा हेर्नुहोस्….( भिडियो )
अन्य समाचार
रविलार्इ २४ घण्टामा ज्यान मार्ने धम्की, प्रोफेसर भट्टचार्यकी वकिल अब सानीमायाकै पक्षमा ! (भिडियो)
काठमाडौं, ११ मंसिर । न्युज २४ टेलिभिजनको कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३०६ औं एपिसोड हो । आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।
यसका साथै आजको एपिसोडमा वीरगन्जका मेयर विजय सरावगी मेयर पदको सपथ ग्रहण गरेका दिन आफुले कुनै पनि सरकारी सुविधा नलिने बताएका थिए । तर उनले केही दिन अघि मात्र ७१ लाल रुपैयामा नयाँ गाडी किनेका छन् । यसै विषयमा वीरगन्जका मेयर विजय सरावगीसँग कार्यक्रममा प्रत्यक्ष कुराकानी गरिएको छ ।
आजको एपिसोडमा निम्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छः १. भाषणमा गाडी चाहिदैन भन्ने वीरगन्जका मेयरले किने ७१ लाखको गाडी !
वीरगञ्ज । वीरगन्जका मेयर विजय सरावगी मेयर पदको सपथ ग्रहण गरेका दिन आफुले कुनै पनि सरकारी सुविधा नलिने बताएका थिए ।
तर आफुले गरेको वाचा उन्ले व्वहारत लागु गरेन्न । सैवा सुविधा पनि सवै लिए र महानगरपालिकाका गाडीहरु टाटा सुमो हाइलक्स छदा छदै केही दिन अघि मात्र ७१ लाल रुपैयामा नयां गाडी किनेका छन् ।
२. बलात्कारी प्रोफेसरको पक्ष छाडेर पीडित सानीमायाँकै पक्षमा महिला वकिल !
काठमाडौं । हाम्रो यस कार्यक्रममा राजधानीका चलेका कलेजहरुमा पढाउने भारतीय नागरिक वि.एस. गौतम भट्टचार्याले आफ्नै विद्यार्थीलाई ब्ल्याकमेल गर्दै बलात्कार गर्ने गरेको देखायौं ।
सानीमायाँको फोटा,े भिडियो राखेर ब्ल्याकमेल गर्दैगर्दा रंगेहात पक्राउ परेपछि उनका पक्षकी वकिलले अदालतबाट भन्दै पीडितलाई फोन गरेको पनि देखायौं ।
३. ‘सीधाकुरा’ टीमलाई २४ घण्टा भित्र सिध्याउने दलालको धम्की !
काठमाडौं । रोजगारीको लागि आयरल्याण्ड पठाउने बाहानामा लाखाैं ठग्ने कमल न्यौपानेको गिरोहको विषयमा यस अघिको कार्यक्रममा रिपोर्टिङ गरेका थियाैं । अहिले पीडित युवाहरुले पैसा माग्दा आँफु गृहमन्त्रीको मान्छे भएको भन्दै धम्काएको समेत देखाएका थियौँ ।
कमल न्यौपाने यिनै व्यक्ति हुन् जसले बागलुङका नविन हमाल, दिपक ढकाल, अशोक खत्री, पोखराका एक गुरुङ लगाएत धेरै जनालाई आयरल्याण्डको नक्कली भिषा थमाउँदै गृहमन्त्रीको मान्छे भन्दै धम्काउँदै हिँड्छन् ।
-By Nirdesh pokhrel
Post a Comment