एजेन्सी – युरोपा लिग समूह ई अन्तर्गत पाँचौ चरणको खेलमा आर्सनल र स्पोर्टीङ लिस्बनले सहज जित दर्ता गरेका छन् ।
अपराजित रहेको आर्सनलले भोर्स्क्ला पोल्ताभालाई ३-० ले पराजित गर्यो । आर्सनलका लागि युवा खेलाडी एमिल स्मिथ-रोले ११ औं मिनेटमा सुरुवाती गोल गरेका थिए । २७ औं मिनेटमा आरोन राम्जीले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफको ४ मिनेट बाँकी छँदा योसेफ विलोकले मोहमद एल्नेनीको पासमा गोल गर्दै ३-० को अग्रता बनाए ।
समूहको अर्को खेलमा स्पोर्टिङ लिस्बनले काराबागको घरेलु मैदानमा ६-१ को जित दर्ता गर्यो । लिस्बनका लागि ब्रुनो फर्नान्देस र अब्दुलाए डियाबीले २-२ तथा नानी र बास दोस्तले १-१ गोल गरे । काराबागका अब्देल्ला जौबिरले बराबरी गोल फर्काएका थिए ।
यस नतिजासँगै शीर्षस्थानको आर्सनल १३ अंक जोड्दै शीर्ष स्थानमा रहने पक्का भएको छ । लिस्बनले पनि ५ खेलमा १० अंक जोड्दै दोस्रो स्थानमा स्थान बनाएको छ । पुछारमा रहेका भोर्स्क्ला र काराबाग भने समान ३-३ अंक जोड्दै प्रतियोगिताबाट बाहिरिएका छन् ।
-Nirdesh pokhrel
Post a Comment