सप्तरी, १३ मंसीर । अाफ्नै आमासँग भएको सामान्य विवादका कारण सप्तरीमा एक किशोरीले आत्मदाह गरेकी छन् । उनले आफ्नो शरीरमा आफैं आगो लगाएर आत्महत्या गरेको प्रहरीको बताएको छ ।
कंचनरूप नगरपालिका-४ जगतपुर निवासी ती किशोरीले बुधबार साँझ आफ्नै शरीरमा आगो लगाएकी थिइन् । आफैं शरीरमा मट्टी तेल छर्केर आगो लगाएकी महेश चौधरीकी १३ वर्षीया छोरी अन्जनीको विराटनगरमा उपचारका क्रममा बिहीबार मृत्यु भएको हो ।
यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
By Nirdesh pokharel
Post a Comment