काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार दुई खेल हुँदैछन् । पहिलो खेलमा न्यू रोड टिम (एनआरटी) र नेपाल पुलिस क्लब भिड्दैछन् भने दोस्रोमा रुस्लान थ्री स्टार र नेपाल एपीएफ क्लब खेल्नेछन् ।
एन्फा कम्प्लेक्समा हुने खेलमा पुलिसले एनआरटीको सामना गर्नेछ । अंक तालिकाको पुछारमा रहेको एनआरटीले लिगको पहिलो खेलमा आर्मीसँग बराबरी खेलेयता अंक जोड्न सकेको छैन । ४ खेलमा एनआरटीले ११ गोल खाँदै ३ गोल गरेको छ । यता पुलिसले भने ३ खेलमा २ जित १ बराबरी र १ हार बेहोरेको छ । पुलिसले पछिल्लो खेलमा च्यासललाई २-० ले पराजित गरेको थियो ।
अर्को खेलमा रुस्लान थ्री स्टार लगातार जित दर्ता गर्दै मनाङसँग अंक बराबरी गर्ने लक्ष्यमा हुनेछ । थ्री स्टारले पछिल्लो खेलमा एनआरटीलाई २-० ले पराजित गरेको थियो । मनाङसँग तेस्रो चरणमा पराजित भएपछि थ्री स्टारले शीर्ष स्थान गुमाएको थियो । एपीएफलाई पराजित गरे थ्री स्टार दोस्रो स्थानमा उक्लनेछ ।
यता एपीएफ भने पछिल्लो दुई खेलमा पराजित भएको छ । पहिलो खेलमा शेर्पासँग गोलरहित बराबरी खेलेको एपीएफले दोस्रोमा फ्रेन्ड्सलाई १-० ले पराजित गरेको थियो । तर त्यसपछि एपीएफले ब्रिगेड ब्वाइज र मनाङ मर्स्याङदीसँग लगातार हार बेहोर्यो । थ्री स्टारका पूर्व प्रशिक्षक समेत रहेका राजेन्द्र तामाङ आफ्नो पूर्व-क्लबविरुद्ध राम्रो नतिजा ल्याएर दबाबमुक्त हुन चाहन्छन् ।
आजको खेलहरु :
मंसिर १४ : एनआरटी विरुद्ध पुलिस – ११:०० – एन्फा कम्प्लेक्स
मंसिर १४ : रुस्लान थ्री स्टार विरुद्ध एपीएफ – २:३० – एन्फा कम्प्लेक्स
-Nirdesh pokhrel
Post a Comment