काठमाडौं । नेपाल आमाकी छोरी श्रृंखला खतिवडाले मिस वल्र्ड– २०१८ को उपाधिको अब्बल प्रतिस्पर्धीको रुपमा आफुलाई प्रस्तुत गरेर दुनियाँ चकित पारेकी छिन् । उनी अहिले भोटिङ मार्फत अन्तिम चयन हुने चरणमा पुगिसकेकी छिन् । उनलाई भोटपनि निक्कै आकर्षक आइरहेको छ ।
यो समाचार तयार पार्दा समेत उनी अग्र स्थानमा छिन् । उनी मिस वल्र्ड– २०१८ भएमा उनीसँगै नेपाललाई विश्वले चिन्नेछ । अहिलेसम्म यो उपाधिको नजिक नेपालका कोहीपनि पुगेका थिएनन् । कात्तिक २३ गते शुक्रबार मिस वल्र्ड– २०१८ मा सहभागिता जनाउन चीनतर्फ उड्ने क्रममा श्रृंखलाले त्रिभुवन विमानस्थलबाटै नेपाली झन्डा फहराउँदै एउटा आकर्षक तस्बिर पोस्ट गरिन् । उक्त तस्विरले धेरैको मन जितिरहेको छ ।
तस्बिरसँगै उनले लेखेकी थिइन् नेपाल, म तिमीलाई गौरवान्वित बनाउनेछु, यो मेरो वाचा भयो अर्थात् नेपाल, आई विल डू यू प्राउड, प्रमिस । स्टाटससँगै श्रृंखलाले आफ्नो मिस वल्र्डको यात्रा प्रारम्भ भएको जानकारीसमेत गराएकी छिन् । ‘नेपालको प्रतिनिधित्व हुने महत्वपूर्ण प्रतियोगिताको तयारी थालिसकेकी छु । त्यसका लागि रिसर्च गर्दैछु ।
ब्युटी विद पर्पसका लागि भूकम्पपछिको पुनर्निर्माणलाई मुख्य विषय बनाएकी छु ।’ मिस नेपाल वल्र्ड–२०१८ को उपाधि जितेको केही समयपछि साप्ताहिकसँगको अन्तर्वार्तामा श्रृंखला खतिवडाले भनेकी थिइन्— ‘मिस वल्र्डमा यसअघि पनि हामीले ब्युटी विद पर्पसमा सफलता पाइसकेका छौं । म पनि आफ्ना तर्फबाट शतप्रतिशत राम्रो गर्ने प्रयास गर्नेछु ।’
-By Nirdesh pokhrel
Post a Comment