१३ मंसिर, काठमाडौं । काठमाडौंको गोंगबुमा बालकको अपहरणपछि हत्या भएको छ । दुई दिनअघि बेपत्ता भएका बालक प्रयास कुँवरको अपहरणपछि हत्या भएको खुलेको प्रहरीले जनाएको छ ।
बालकको शव म्हेपीमा भेटिएको प्रहरीले जानकारी दिएको छ ।
स्वस्तिका त्रिवेणी गेस्ट हाउसका सञ्चालक प्रवीण कुँवरका छोरा प्रयास बेपत्ता भएका हुन् । होटल परिसरमै खेलिरहेका प्रयास मंगलबार साँझ अपहरणमा परेका थिए । प्रहरीले अपहरणपछि हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
By Nirdesh pokharel
Post a Comment