सुदर्शन थापाले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘सम्हालिन्छ कहिले मन’मा सोनम तोप्देन अनुवन्धित भएका छन् । उनलाई आज यसको निर्माणपक्षले चलचित्रमा अनुवन्धित गरेको हो । सोनमले काम गर्ने कुरा पहिले नै सार्वजनिक भएपनि उनीसँग यसको निर्माणपक्षले औपचारिक रुपमा संझौता भने गरेको थिएन ।
लभ स्टोरी कथामा बन्न लागेको यो चलचित्रमा नायिका पूजा शर्मा पहिले नै अनुवन्धित भैसकेकी थिइन् । उनले १५ लाख पारिश्रमिक लिएर चलचित्रमा काम गर्न लागेको कुराले चर्चा पाइरहेको छ । यसपटक सुदर्शन र पूजाले चलचित्र निर्माण गर्ने छैनन् । चलचित्रको अधिकांश दृश्यको छायांकन बेलायतमा हुनेछ ।
चलचित्रका लागि अर्का एक जना नायकको पनि खोजी भैरहेको छ । चलचित्र ‘सम्हालिन्छ कहिले मन’का लागि अर्जुन पोखरेल, सुगम पोखरेल र सोनमले संगीत तयार पारिरहेका छन् । केही दिन अगाडि मात्र नेपाल आएका सोनम चलचित्रको कथा पढिसकेपछि काम गर्न तयार भएका हुन् ।
सोनमले गाएको बलिउड चलचित्र ‘जब ह्यारी मेट सेजल’को एउटा गीतको कभर युटुबमा सर्वाधिक रुचाइएको छ । भारतीय मुलका सोनम तिब्बतमा बस्दै आएका छन् । उनी, स्टेज कार्यक्रमका लागि विश्वका विभिन्न देशमा पुगिसकको छन् । यूवतीमाझ उनको राम्रै क्रेज भएकाले पनि चलचित्रको व्यापारमा उनको क्रेजले काम गर्ने निर्माणपक्षको वुझाई छ ।
By Nirdesh pokharel
Post a Comment