काठमाडौ । बलिउडका सुपरस्टार अक्षय कुमारले ‘२।०’ को शुटिङका क्रममा ४० दिन एकदमै पिडादायी भएको बताएका छन् । उनले एक अन्तर्वातामा जब मैले पहिलो पटक आफ्नो अनुहार हेरेँ, तब मैले सेल्फी खिचेँ ।र मेरो श्रीमती र छोरापनि सँगै भएकाले त्यो क्षणको मैले सेल्फी हानेको पनि बताएका छन् ।
यस फिल्ममा अक्षय कुमार सुपरभिलेन बाहेक रजनीकान्त र एमी ज्याक्सन मुख्य भूमिकामा छन् । त्यसको कारण भिलेनको भूमिकामा अभ्यस्त हुन परेकाले उनको मेकअप गर्न दैनिक तीन घण्टासम्म बस्नुपथ्र्यो। मेकअप उतार्न साँढे दुई घण्टा लाग्ने गरेकोले यस्तो धेरै गाह्रो भएको अक्षयले बताएका छन् । अझै थप्दै उनले ३८–४० दिनसम्म उनलाई खाना खानेसम्मको समय नभएको र शुटिङका क्रममा पसिनाको बाढी नै बनेको पनि बताए ।
यो फिल्म २०१० मा रिलीज भएको एंथिरण रोबोट को सिक्वल भएको निर्देशक एस शंकरले बताएका छन् । साथै यो फिल्म २९ नोभेम्बरमा रिलीज हुँदैछ । तर यसरी मिहेनत गरेर बनाएको चलचित्रले के कस्तो प्रतिक्रिया दिन्छ ,त्यो भने हेर्न बाकी नै छ ।
-By Nirdesh pokhrel
Post a Comment