काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत न्यु रोड टिम (एनआरटी) विरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । पुलिसले वैकल्पिक खेलाडी निरकुमार राईको गोलमा १-० को अग्रता लिएको हो ।
निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले आक्रमणमा खुलेर खेल्न सकेका छैनन् । पुलिसले तुलनात्मक रुपमा केहि बढी अवसर सिर्जना गरेपनि गोलरक्षकलाई खासै कठिनाइ भएको छैन । भोला सिलवालको क्रसमा अभिषेक रिजालले खेलको सुरुवाती समयमा हेडरमार्फत गोल गर्न सकेनन् । त्यसपछि एनआरटीले पनि केहि समय पुलिसलाई दबाब दिएको थियो । १६ औं मिनेटमा बालगोपाल साहुखलको प्रहार गोलरक्षक सत्रुघन चौधरीले सहजै रोके ।
पुलिसका लागि वैकल्पिक खेलाडी निरकुमार राईले ४० औं मिनेटमा हेडरमार्फत गोल गरे । अजित भण्डारीले बायाँ विङसबाट गरेको क्रसमा उनले हेडरमार्फत गोल गरेका थिए । उनी मिडफिल्डर दिनेश गुरुङको स्थानमा ३२ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।
पहिलो हाफमा एनआरटीले पनि एक परिवर्तन गरेको छ । विरेन्द्र थापा घाइते भएपछि फिटनेस कमि भएका कारण सुरुवाती रोजाईमा नपरेका फरवार्ड राजेश परियार मैदान प्रवेश गरेका छन् । अजित भण्डारीको ट्याकलमा चोट लागेपछि विरेन्द्र बाहिर निस्केका हुन् ।
दोस्रो हाफको प्रत्यक्ष प्रसारण हेर्न यहाँ थिच्नुहोस्
खेलको तस्बिरहरु :
-Nirdesh pokhrel
Post a Comment