एजेन्सी, अहिले नेपालमा मात्रै नभई बिश्व भर मिटु अभियान चलिरहेको छ । धेरै कलाकारहरुले अहिले यस अभियान अन्तर्गत आफुमाथी भएका दुर्व्यवहारबारे मिडियामा बयान दिइरहेका छन् भने अन्य कलाकारहरु पनि यसबारेमा खुलेर बोलिरहेका छन् । यसैबीच अभिनेत्री मनिषा कोइरालाले पनि अन्ततः यसबारे मुख खोलेकी छन् ।
हालै एक कार्यक्रममा उनलाई मिटु मुभमेन्टबारे प्रश्न गरिएको थियो जसको उनले खुल्दै जवाफ दिइन् । उनले यो अभियान राम्रो भएको तर्क दिइन् ।
‘यो अभियानले सबैलाई समानता दिएको छ’ उनले भनिन् ‘ मिटुले काम गर्ने राम्रो वातावरण समेत बनाउन मद्धत गरेको छ’। अहिले बलिउडमा पनि यस बिषय गहिरिंदै छ । केहि समय अघि मात्र अभिनेत्री तनुश्री दत्तले नाना पाटेकरलाई यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् ।
-By Nirdesh pokhrel
Post a Comment