साडि चोलि चिच्याइ रैछ दिन-दिन दौरा र सुरुवाल पनि|
टोपि रोइरैछ मुर्छित हुदै अत्यन्त ब्याकुल बनि||1
हाम्रो पैरनले चिनाउथ्यो सधै नेपालि नेपालको|
टोपि उच्च हिमालको प्रतिकझै झल्कन्थ्यो नेपालिको||2
जुन टोपि सिरको नेपालि वीरको यो देशको सानथ्यो|
टोपिको पहिचान विश्वभरमा नेपालीको मानथ्यो||3
हराए ईसबै किन विलयभो छाडेर आफ्नो पन|
पराईको फेसन सिको सिकिलिइ आन्नद मान्छन किन||4
आफ्नो संस्कृति पन चटक्क बिचमा छाडेर विदेशीको|
छाडे आफ्नो अमुल्य पैरनहरु लिई विदेशी सिको||5
जाडो गर्मी बचाई लाजसबको पैरी शरीरमा बसी|
श्रृंगार युक्त भई नेपाली दिलमा बस्थ्यौँ पल्यॉटि कसी||6
आयो आँधि उडाई डगमग भयो भुकम्प एक साथमा|
भेलबाडि अनि बर्सिएर असीना नेपाली को माथमा||7
चोटमाथि अझ चोट थपिहरणभो नेपालीको पैरन|
डुविलोप हुनेछ त्यो कितपछि सक्ला कतै तैरन||8
दौरा सुरुवाल साडि चोलि हरु यी लाउदैनन् रे कोई जन|
यिन्को ठाँउहटि विदेशी हरुको आई सक्यो पैरन||9
दौरा सुरुवाल साडि चोलि हरुले धेरै गुनासो गरे|
टोपि लाउदा पाखे हुने डर भई छडि दिएको अरे||10
दौरा सूरूवाल साडि चोलि हरु ई छाडेर जान्छन अरे|
मान सम्मान हुदैन ईज्जत भने के बस्नु भन्छन अरे||11
फकाई कन राखौंलाौ ईनिहरु आफ्ना सबै पैरन|
पैरन विदेशीको सिको सिकीलिदा पर्ला पछि हैरान||12
जन्मेलान पछि देशभक्त सुरविर ज्ञानि गुणि कोहि जन|
खोजि ल्याई लगाई रक्षा गरलान आफ्ना सबै पैरन||13
पैरन आज हटेर संस्कृति पनि हट्नेछ भोली तिर|
पर्सी देश पनि हटनलाई कुनबेर लाग्दैछ मन्मा पिर||14
पैरन लगाई पुर्खा हरुले तिस्टा अनि काङ्गडा|
दक्षिण भारत लंका सम्म ईनले यो देश राखेथे खडा||15
दौरा सुरुवाल साडि चोलि खुकुरी खुर्पा हरु भीर्दथे|
हिड्थे सान र मानले परिगए वैरीहरु चिर्दथे||16
पैरन हट्यो अनि भुमि हट्यो नेपालीको मान हट्यो|
विशाल देश अरे नेपाल अहिले खै कसता हिसाबले घट्यो||17
बाँकि देश पनि कुटुकुटु हुदै घट्दोछ सुस्ता तिर|
सिंगो देश बुझाउनु पर्छ पछिका नयाँ ई पुस्ता तिर||18
तिन्कै सन्तति हरु हामी सबले चटक्क छाडि दिदा|
नेपाली पहिचान पैरन हरु लिई रहनेछन विदा||19
यो सन्देश पढि सबै कन फुरोस देशभक्तिको भावना|
आफ्नो राष्ट्रियता प्रति सब जुटौँ मेरो यहि कामना||20