बझाङ । बझाङको जयपृथ्वी नगरपालिकामा पर्ने चैनपुर-धामीलेक सडकखण्डमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका ११ धामीलेक बस्ने १२ वर्षीया बालिका समु जोशी र सोही ठाउँका ४८ वर्षीय धाैले जोशी रहेका छन् ।
चैनपुरबाट धामिलेक तर्फ जाँदै गरेको से१ज ८९० जिप भोपुर माथिको काप्रिकोट नजिकैको तामाखोलामा दुर्घटनामा परेको हो ।
दुर्घटनामा १६ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये ७ जनाको अब्था गम्भिर रहेको छ ।
घाइतेको उपचार जिल्ला अस्पताल बझाङमा भइरहेको र गम्भिर घाइते ५ जनालाई उपचारको लागी धनगढी पठाइएको छ। दुर्घटना आइतबार साँझ भएको जनाइएको छ ।
अन्य समाचार
आगलागीमा परी तेह्रथुममा एक बालकको जलेर ज्यान गयाे
तेह्रथुम । आगलागीमा परी तेह्रथुममा एक बालकको जलेर मृत्य भएको छ । जिल्लाको आठराई गाउँपालिका ३ ह्वाकूका स्थानीय रुद्र खातिको घरमा आगो लाग्दा उनका ६ बर्षिय छोरा मौसम खातिको जलेर ज्यान गएको हो ।
आगलागीबाट खातीको दुईवटा घरपनि जलेर नष्ट भएकाे जलसिंह आधारभूत विद्यालय ह्वाकूका शिक्षक भूवन ढकालले जानकारी दिए ।
घटनाको स्थलगत जानकारी लिन ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारबाट प्रहरी टोली भर्खरै घटनास्थल तर्फ गएको पत्रकार अमृत बाँस्तोलाले जानकारी दिएका छन् ।
-By Nirdesh pokhrel
Post a Comment