काठमाडौं। पूर्वप्रशासकसमेत रहेका भीम उपाध्यायले पनि आफू पाथिभरा जाँदाकाे अनुभव शेयर गर्दै खराब माैसमका बाबजुद ओभरलाेड किन बाेकाइयाे भनी प्रश्न गरेका छन् । उनले पनि पाथिभरा उडान भर्दा हेलिकाेप्टरबाट केही जनालाई सुकेटार विमानस्थलमै ओरालेर मात्र हेलिकाेप्टर हलुका बनाइ पाथिभरा उडान गरिन्थ्याे भनी स्मरण गरेका छन्।
‘अाज दुर्घटनाग्रस्त हेलिकप्टरको कूल क्षमता पाईलटसहित ६ जना हो र पाथीभराको अल्टिच्युड र खराब मौसमका कारण यात्रुसंख्या अझै घटाई जहाज हलुका राख्न पर्नेमा झन् ओभरलोड गरी ७ जना कसरी उडाउने निर्णय गरे ?’ उपाध्यायाले प्रश्न गरेका छन् ।
उनले फेसबुकमा यस्तो लेखेका छनछन:
“म पनि पाथीभरा मन्दिरको दर्शन गर्न भीभीआईपीसंगै सेनाको पुमा हेलिकप्टरमा करिब ५ वर्ष अघि गएको थिएँ । पाथीभरा धेरै उचाईमा रहेको मन्दिर भएकोले पाईलटले अन्य जान चाहने अधिकारीहरूमध्ये केहीलाई सुकेटार विमानस्थलमा ओह्रालेर सीट खाली राख्दै जहाज हलुका पारेर उडाउदै सकुशल काठमाण्डौं फिर्ता ल्याएको थियो।
आजको दुर्घटनाग्रस्त हेलिकप्टरको कूल क्षमता पाईलटसहित ६ जना हो र पाथीभराको अल्टिच्युड र खराब मौसमका कारण यात्रुसंख्या अझै घटाई जहाज हलुका राख्न पर्नेमा झन् ओभरलोड गरी ७ जना कसरी उडाउने निर्णय गरे? प्राविधिक निर्णय हेर्दा पत्याउन गाह्रो परेको छ ।”
-By Nirdesh pokhrel
Post a Comment