काठमाडौं । अष्ट्रियाको आवासीय राजदूतमा प्रकाशकुमार सुवेदी नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार सुवेदीलाई सरकारको सिफारिसमा राजदूतमा नियुक्त गरेकी हुन् ।
साथै सुवेदी संयुक्त राष्ट्रसंघीय कार्यालय, भियनाका स्थायी प्रतिनिधि र क्रोएसियाका लागि गैरआवासीय नेपाली राजदूत पदमा पनि नियुक्त भएका छन् ।
Post a Comment