१४ फागुन, काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप ३ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले सोमबारदेखि बाग्लुङ्ग जिल्लाको बाग्लुङ्ग नगरपालिका-१२, अमलाचौरमा ११८ औँ, डोटी जिल्लाको केआईसिहं गाउँपालिका-२, तिखातरमा ११९औँ र रोल्पा जिल्लाको लुंग्री गाउँपालिका-१२, सिर्पमा १२०औँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको हो ।
यि तीनै शाखारहित बैंकिङ्ग सेवाहरु स्थानिय जनप्रतिनिधि, बुद्घजिीवि तथा स्थानीयवासीहरुको रोहवरमा सञ्चालनमा ल्याइएको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् ।
यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिसहोम/सीडीएमए/यूटीएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा-टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको ग्लोबल आइएमई बैंकले जनाएको छ ।
Post a Comment