काठमाडौं। पाकिस्तानमा पक्राउ परेका भारतीय एयरफोर्सका विंग कमाण्डर अभिनन्दनले भारतीइ सेनाको प्रशंशा गरेका छन् ।
पाकिस्तानी सेनासँग भिडियो कुराकानी गर्दै उनले भने ‘मैले रेकर्ड रहने गरी यो कुरा बोल्दैछु र म आफनो देश फर्किएँ भने पनि मैले अहिले दिएको बयान बदल्ने छैन ।’ उनले पाकिस्तानी सेनाका अफिसरहरु निकै सहयोगी भएको भन्दै उनीहरुको तारिफ गरे ।
‘पाकिस्तानी सेनाका अफिसरहरुले मेरो धेरै ख्याल गर्नुभयो, उहाँहरु निकै सज्जन हुनुहुन्छ’ अभिनन्दनले दिएको बयानमा भनेका छन् ‘मैले आफ्नो सेनाबाट जे व्यवहार चाहन्छु त्यही व्यवहार पाकिस्तानी सेनाबाट पाएँ र म पाकिस्तानी सेनाप्रति आभारी छु ।’
पाकिस्तानमा उनको विमान पाकिस्तानी सेनाले खसालिदिएपछि उनी घाइते अवस्थामा थिए । घाइते अवस्थामा उनलाई भेटेका पाकिस्तानी जनताले उनलाई कुटपिट गर्दै गर्दा पाकिस्तानी सेनाले उनको उद्धार गरेको थियो । तलको भिडियोमा हेर्नुहोस् उनलाई पाकिस्तानी जनताले यसरी कुटपिट गर्न खोज्दा पाकिस्तानी सेनाले बचाएको थियो –
पाकिस्तानी सेनाका मेजरसँग कुरा गर्दै गर्दा विंग कमाण्डर अभिनन्दनले चिया पिउँदै छन् र उनी निकै आरामसँग बोलिरहेका छन् । उनीमाथि कुनै दबाब भएको उनको हाउभाउ हेर्दा देखिँदैन ।
उद्धार गरेपछि उनलाई मुजफ्फरपुरको सैनिक अस्पतालमा उपचार गरिएको थियो । अभिनन्दनले भारतमा आफ्नो ठेगाना भने बताएनन् । उनले यत्ति भने ‘म दक्षिण भारतीय हुँ ।’
उनले चिया पनि निकै मिठो भएको भन्दै धन्यवाद दिए । उनलाई कुन जहाज उडाउँछौ भन्ने प्रश्मा उनले आफूले यो बताउन नसक्ने बताए । यद्यपि उनले भने ‘मैले बताउन मिल्दैन तर मलाई आशा छ तपाइँहरुले मेरो रेकर्ड भेट्नुभयो होला ।’ तलको भिडियोमा हेर्नुहोस् अभिनन्दनले के–के भने –
-By Nirdesh pokhrel
Post a Comment