१४ फागुन, कैलाली । धनगढी उपमहानगरपालिकाले नगरक्षेत्रमा आफ्नै अप्टीकल फाइबर बिछ्याउने कार्य सुरु गरेको छ ।
उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले मंगलबार अप्टीकल फाइबर बिछ्याउने कार्यको उद्घाटन गरेका हुन ।
ई-गभरनेन्स सेवालाई प्रबर्द्धन गर्न र उप-महानगरपालिकाबाट प्रवाह हुने काम कारबाहीलाई खुला र पारदर्शि बनाउनका लागि आफ्नै अप्टीकल फाइबर बिछ्याउन सुरु गरिएको नगरप्रमुख नृपबहादुर वडले बताए ।
उनले कुनै पनि नगर स्मार्ट हुनका लागि सूचना प्रविधीको विकास आवश्यक रहेको बताउँदै उपमहानगरपालिकाबाट दिने सेवालाई बिस्तारै पेपर लेस बनाउँदै लगिने बताए ।
धनगढी उपमहानगरपालिकाकाले सबै सामुदायिक विद्यालयमा समेत अप्टीकल फाइबरबाट सेवा विस्तार गरिने मेयर वडले बताए ।
नगर स्मार्ट हुनका लागि सूचना प्रविधि, भौतिक संरचना, प्रवाह गरिने सेवालगायतका मापदण्ड पूरा गरेको हुनुपर्छ नगरप्रमुख वडले भने, ‘त्यस कारण हामी मापदण्ड पूरा गर्दै गैरहेका छौं, धनगढी उप-महानगरपालिकालाई छिट्टै स्मार्ट सिटीका रुपमा विकसित गरिने छ ।’
उपमहानगरपालिकाका १९ वटै वडामा पुग्ने गरी फागुन मसान्तसम्म काम पूरा हुने सफ्टवेयर ईन्जिनियर हरीप्रसाद भट्टले बताए ।
धनगढी उपमहानगरपालिकाको प्राविधिक साझेदारी न्यू आईटी भेन्चरले गरिरहेको छ ।
अप्टीकल फाइबर बिछ्ाउन ८५ लाखको स्टिमेट गरिएको छ । उप-महानगरका स्थानीय सहजकर्ता बिक्की चन्दले पहिलो चरणमा उपमहानगरपालिकाका सबै वडा कार्यालय, स्वास्थ्य, भेटेननरीमा सेवा पुर्याइने बताए ।
Post a Comment