काठमाडौं। ताप्लेजुङको सिस्नेभीरमा हेलिकप्टर दुर्घटना भएर उद्धार गर्न जानु पर्ने आदेश अनुसार हामी सुकेटार हुँदै दुर्घटनास्थल पुगेका हौँ ।नेपाली सेनाको हेलिकप्टरबाट हामी दुर्घनास्थल डोरीको सहायताले झरेका हौँ ।
त्यहाँ पुग्दा शव छरपष्ट अवस्थामा थियो । हेर्ने मान्छेहरु थिए, तर कसैले शव संकलन गरेका थिएनन् । शव छरपष्ट भए पनि कसैले संकलन गरेका रहेनछन् ।शव हामीले नै गएर संकलन गरेका हौँ ।
शव पहिले नै संकलन भएको भए बुधबार नै सबै शव सुकेटार विमानस्थल ल्याउन सकिने थियो ।सबै शव हामीले गए र संकलन गरेर पोको पारेका हौँ ।
चारवटा शव पोको पारेर बुधबार बेलुका नै पठाउन सकियो । तर तीनवटा शव भने सकिएन ।संकलन गरेर पोको पार्दा नै मौसम खराब भयो । त्यसपछि पनि हामीले डोकोमा बोकेर शव सुकेटारसम्म ल्याउने कोशिस गरेका थियौँ ।
तर बाटो अप्ठ्यारो र मौसम खराब भएका कारण सकिएन ।शव त्यहिँ छोडेर आउने कुरा भएन ।हामीलाई आदेश थियो–शव लिएर आउने वा शव कुरेर बस्ने ।
हामी तीनवटा शव कुरेर बस्यौँ । हामी ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी सञ्जय सिंह थापाको नेतृत्वमा हामी २०–२१ जना रातभरि शव कुरेर बस्यौँ ।
आफू पनि झुण्डिएर हेलिकप्टरमा शव ल्याउँदै गरेका सेनाका उद्धारकर्मी प्रताप लामा र तेजबहादुर घले। रातभरि ठूलो हिउँ पर्यो । पानी पनि परेको थियो । हामी शवको नजिकै आगो बालेर रातभर बस्यौँ ।
निगालोको झ्याङको ओत पारेर बसेका थियौँ । राति हामीले चाउचाउ र चिउरा खायौँ ।बिहान हुने बित्तिकै मौसम केहीबेर खुल्यो । हेलिकप्टर आयो, हामीले शव पठायौँ ।
यस किसिमको दुर्घटना र विपदको उद्धारको तालिम लिएकाले म र अर्को एकजना (तेजबहादुर घले, उनी पनि प्रतापसँगै उद्धारका लागि गएका थिए) शवसँगै डोरीमा झुण्डिएर सुकेटारसँग विमानस्थलमा आयौँ ।
यसरी नआएको भए, हिँडेर आउनु पर्ने थियो र हामीले तालिम लिएकाले यसरी आउन सक्यौँ ।उद्धारकर्मी प्रताप अहिले सुकेटार विमानस्थलमा छन् ।
दुर्घटना तथा अरु विपत्तमा उद्धारमा धेरै खटिएको थिएँ तर जंगलमा रातभर हिउँ परेको ठाउँमा खुला आकाशमुनि बसेर उद्धारको काम गरेको यो पहिलोपटक हो ।हेलिकप्टर दुर्घटनास्थलमा बस्ने अवस्था थिएन ।
हामी रातभर बसेर शव कुरियो । यसरी नबसेको भए जंगली जनावरले शव तितरवितर पार्ने डर हुन्थ्यो ।चिसोमा निकै कठ्याङ्ग्रिएर बसे पनि उद्धार गर्न सकियो ।
-By Nirdesh pokhrel
Post a Comment