जीवन सम्राट
परिवर्तन सम्भब छ। समाज बदल्ने बाटाे विवेकशील साझा पार्टीले देखेकाे छ। समाजका सामाजिक प्राणी भएकै नाताले सुसंस्कृति सहितकाे राजनीति यात्रामा पाइला थप्नै पर्छ।
हामी भन्छाैँ – देशमा भ्रष्टाचार, विकृति, कुसंस्कार , अत्याचार माैलायाे? हाे, यी सबै हुनुकाे प्रमुख कारण, तपाईं हामी: अब तपाईं हामी जाग्दैपर्छ। हामीले यी सबै कुकर्मकाे परिभाषा बुझेपछि बैकल्पिक राजनीति यात्रा तय गरेकाे विवेकशील साझा पार्टीलाई समर्थन गर्नु बाहेक अन्य बिकल्प छैनन्। हाम्रो मुल समस्या नेतृत्व हाे। जसलाई नेतृत्व दिएका छाै, त्यो नेतृत्व पंक्ति नै गलत बाटोमा छ। जब नेतृत्व बर्गमा समय सांपेक्ष परिवर्तनको शैली देखिदैन, तबसम्म हामी निराश भैरहनु पर्ने हुन्छ। नेतृत्व मुल हुन्छ। मुल धारकाे बाटो नै स्पष्ट छैन भने हाम्रा अास्था र बिचारहरु धमिलो हुँदै जान्छन्। बिस्तारै हामी पनि उहीँ पुरानै बाटाे हिड्न बाध्य हुन्छाैँ। अबकाे अाबश्यकता परिवर्तित समयमा, परिपक्व राजनीति हाे। हामीले भन्ने गरेको परिपक्व, गतिशील, समय सान्दर्भिक बिचार विवेकशील साझा पार्टीमै छ। त्यसकारण पनि युवाहरुमा राजनीति प्रति सकारात्मक साेच र नयाँ उर्जा जाग्न जरुरत छ।
“विवेकशील साझा पार्टीको सदस्य परम्पराबादी राजनीति र बिथोलिएकाे समाज बदल्न बन्नैपर्छ भने मनस्थिति सबै युवाहरुमा जाग्न जरुरी देखिन्छ”। याे समयमा हाम्रो विवेक, विवेकशील साझामा प्रयाेग गर्न निकै अाबश्यक छ।
बिगतमा कसले के गर्याे, त्यसको गुनगान गाउँने हाेइन, बिगतकाे समिक्षा गर्ने हाे। बर्तमानका नयाँ नयाँ बिचार र उधमशिल समाजले भबिस्यकाे उज्यालो यात्रा काेर्ने छ। हामी हाम्रै पालामा नेपालकाे स्वरुप परिवर्तन गर्ने महान अभियानमा छाैँ।
अाउनुहाेस् । हाते-मालो गराै । म दिन्छु विवेकशील साझाकाे अभियानलाई साथ।
Post a Comment