१४ फागुन, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ललितपुर महानगरपालिकाको पुल्चोकस्थित वडा कार्यालयमा २४ घण्टा नै रकम झिक्न सकिन एटिएमको औपचारिक सुरुवात गरेको छ ।
मंगलबार बैंकले ललितपुर महानगरपालिका-३ स्थित वडा कार्यालय परिसरमा आफ्नो एटिएम सञ्चालनमा ल्याएको हो ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले २४ घण्टा नै रकम झिक्न सकिने उक्त एटिएमको उद्घाटन गरे । यस एटिएमको सुरुवातसँगै बैंकको कुल एटिएम संख्या ११५ पुगेको छ ।
Post a Comment