१५ फागुन, काठमाडौं । लामो समयदेखि एकै खेलका दुई कराते मसहासंघमा देखिएको विवाद अन्त्य भएको छ ।
दावा गुरुङ अध्यक्ष रहेको राष्ट्रिय मान्यता प्राप्त कराते महासंघ र पुरेन्द्रविक्रम लाखेको अध्यक्षमा रहेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त कराते महासंघबीच निर्वाचनबाट अघि बढ्ने सहमति भएसँगै करातेमा देखिएको विवाद अन्त्य हुने भएको हो ।
युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको विवाद समाधान समस्या सहजीकरण समितिले अस्तित्वमा रहेका दुवै कराते संघलाई नयाँ निर्वाचनबाट एक हुदै विवाद समाधान गर्न सहमत गराएको हो ।
कराते महासंघको विवाद अन्य गर्दै करातेलाई मूर्त रुप दिन शम्भु आचार्यको अध्यक्षतामा २१ सदस्यीय तदर्थ समिति गठन भएको छ । यो समितिले निर्वाचन गराई कराते महासंघमा नयाँ कार्यसमिति दिनेछ ।
तदर्थ समितिको अध्यक्षतामा शम्भु आचार्यसँगै सह अध्यक्षमा दावा गुरुङ, उपाध्यक्षमा पुरेन्द्रविक्रम लाखे, महासचिवमा हरिशरण केसी, सहमहासचिवमा ओमकृष्ण प्रसाई र सचिवमा बीआर मित्र र श्याम शेर्पा रहेका छन् ।
त्यस्तै, कोषाध्यक्षमा सानुलाल श्रेष्ठ रहेका छन् । सदस्यहरुमा छत्र आले, राजेन्द्र बराल, देव लामा, मजेन्द्र सिंह, नारायण मगर, यादव काफ्ले, धोजमान मोक्तान निवास गोपाल वैद्य, ध्रुबविक्रम मल्ल, तारा वली, दुर्गा गौत्तम परिवार, रवि महर्जन र मिङमा लामा रहेका छन् ।
तदर्थ समितिले तीन महिनाभित्र निर्वाचन गराई सक्नु पर्ने विवाद समाधान समस्या सहजीकरण समितिका संयोजक पिताम्बर तिम्सिनाले बताए । उनले भने, ‘तदर्थ समितिका अध्यक्ष स्वयमले निर्वाचनमा भाग लिन पाउँदैन । तर अध्यक्ष बाहेकका सबैले निर्वाचनमा उठ्न पाउने ब्यवस्था रहेको छ ।’
उनले सधैका लागि विवाद अन्त्य भएको पनि दाबी गरे ।
Post a Comment