साँल्दाइ


सलाई बिना आगो बले कस्तो हुन्थ्यो साँल्दाई,
मिहेनत बिना फल फले कस्तो हुन्थ्यो साँल्दाई ।।

मानिसको जिन्दगी सिक्काको दुई पाटो भए,
गुच्चा सँग घुराई खेल्दा कस्तो हुन्थ्यो साँल्दाई ।।

बिहानीको घाम पनि साँझको शीतल जुन हुँदा,
दिन पनि रात भए कस्तो हुन्थ्यो साँल्दाई ।।

सलाई बिना आगो बले कस्तो हुन्थ्यो साँल्दाई,
मिहेनत बिना फल फले कस्तो हुन्थ्यो साँल्दाई ।।

नजानेको बाटो जाँदा दुईचार पैसा हातमा भए,
त्यै हात समाइ हिड्ने भए कस्तो हुन्थ्यो साँल्दाई ।।

जुनकीरीको जुन पनि Torch light झैँ On/Off भए,
किडिक पारी On/Off गर्दा कस्तो हुन्थ्यो साँल्दाई

सलाई बिना आगो बले कस्तो हुन्थ्यो साँल्दाई,
मिहेनत बिना फल फले कस्तो हुन्थ्यो साँल्दाई ।।