काठमाडौँ। नेपालमा चिरपरिचित नाम हो सुजन मार्फा तामाङ्। हाल प्रसारण भइरहेको भारतीय डान्स टेलीभिजन रियालिटी शो ‘डान्स प्लस ४’मा सहभागी हुनु अगाडि उनी ‘डान्स इन्डिया डान्स’मा समेत गएका थिए। उनी उक्त रियालिटी शोमा टप ६ सम्म पुग्न सफल भएका थिए।
उनी अहिले ‘डान्स प्लस ४’को फाइनलमा आफ्नो स्थान बनाउन भिडिरहेका उनको प्रस्तुती अत्यन्तै मन पराइएको छ ।
‘डान्स प्लस ४ुको फाइनल फेब्रुअरी ३ मा हुनेछ। अहिले उनको जोडीको रुपमा आसामकी आँचल रहेकी छिन्।उनी अहिले ‘डान्स प्लस ४’को फाइनलमा आफ्नो स्थान बनाउन भिडिरहेका छन्।
सुरुवात देखि नै आफ्नो प्रस्तुतिले सबैको मन जित्न सफल भएका सुजनलाई अब जिताउन दर्शकको साथ आवश्यक रहेको छ । हेर्नुस् स्टार प्लसले आफ्नो युट्युबमा सार्वजनिक गरेको यो प्रोमो।
-By Nirdesh pokhrel
Post a Comment