आफुलाई तपस्वी भएको प्रचार गर्दै आएका बाराका रामबहादुर बमजनको सिन्धुपाल्चोकको बाढेगाउँमा रहेको आश्रममा प्रहरीले छानबिन सुरु गरेको छ। उनको आश्रमबाट मकवानपुरका दुईजना हराएको निवेदन परेपछि प्रहरीले सिन्धुपाल्चोकसँगको सहकार्यमा खोजी सुरु गरेको हो।
अनुसन्धान टोलीले शुक्रबार आश्रम प्रवेश गरि सोधपुछ र आवश्यक अनुसन्धान सुरु गरेको हो। प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले सिन्धुपाल्चोकबाट अनुसन्धान सुरु भएको बताए। उनले फरेन्सीक टिम र विज्ञ सहितको टोली खटाएर हराएका ब्यक्तिको खोजी सुरु भएको बताए। गाउँलेहरुले गरे बमजनको डरलाग्दो खुलासा | सन्चलाल वाईवाको बारे भयो फर्दाफास…हेर्नुहोस् भिडियो….
अन्य समाचार
दुबै खुट्टा नभएका बुद्धिलाइ विदेशको जागिर छोडेर नेपालमा फर्की यति ठूलो त्याग गरिन राधिकाले…(भिडियो सहित)
बिगत केही बर्ष अगाडी आफ्नो र आफ्नी श्रीमतीको सुन्दर भविष्यको सपना साकार पार्नको लागी रोजगारीको सिलशिलामा मलेशिया पुगेर काम गर्दै आइ रहेका वुद्धि बहादुर ढकालको आज यो अबस्था देख्दा कस्को मन नरोला ।गोर्खा जिल्ला श्रीनाथकोट रातामाटे गाउँ निबासी भीम प्र ढकालका माईला छोरा वुद्धि बहादुर ढकालको मलेसियाको एउटा कम्पनिमा काम गरि रहेको बेला अचानक मेसीनमा दुबै खुटा परी काटीयको छ र हाल उहाको उपचार काठमाडौँमा भै रहेको छ र पिडितको आर्थिक स्थीति अती नाजुक भयको हुनाले नक्ललि खुट्टाको लागि आर्थिक सहयोगको अपेक्षा गर्नु भयको जानकारी ढकालले स्कटनेपाल रोधीघर लगायत लोक दोहरी गायक निलमनी भण्डारी संगको कुरा कानीमा आफ्नो मार्मिक दुख: पिडा पोख्नु भएको छ। त्यति मात्र पक्कै पनि होइन उनकै सेवामा बर्षो देखी खटेकी संगै मर्ने संगै जिउने बाचा गरेकी उनकी श्रीमती अहिले सम्पर्कबिहिन हुदा उनको मन सारै रोइ रहेको अबश्थामा भेटिए वुद्धि बहादुर ढकाल ।
तर आज प्रस्तोता निलमनी भण्डारीको अर्को पटकको अन्तरबार्तामा सिन्धुली की राधिका बस्नेत ऊहाँकी धर्म पत्नी बनेर मलेशियामा आफुले गरि रहेको जागिर छोडेर नेपाल आइ पिडित ढकाललाइ जीवन् भर नछुटिने बाचा गर्दै धेरै आफ्नो मनको कुराहरु शेयर पनि गरिन। बाकी निलमनी भण्डारीकै आफ्नै शब्दमा उहा भन्नु हुन्छ
:”वैदेशिक रोजगारीका शिलसिलामा मलेशियामा मेशिनमा परी आफ्ना दूबै खुट्टा गुमाएका वुद्धि बहादुर ढकाल संगको भेट बार्तामा आज म यति खुशी छु कि, थाहै थिएन मलाई, तीन् महिना अगाडि भेट्दा पूर्व पत्नीको बियोगमा होस हवास समेत् ऊँडेको जस्तो फुङ्ग देखिने वुद्धि बहादुर ढकालको मुहारमा आज यो खुशी भरिएको देख्दा म आफैँ पनि स्वपनामा छु कि विपनामा छुट्याउनै गाह्रो भयो!
तीन् महिना अगाडि मैले लिएको एउटा अन्तरवार्ताले ऊहाँको जीवनमा आमूल परिवर्तन् आएको कुरा ऊहाँको मुखराविन्दबाट सुन्दा एस्तो लाग्यो कि, मैले एक शब्द बोलिदिँदा कसैको भत्केको घर जोडिन्छ भने, जसले जे सुकै भनुन् जानी नजानी भए पनि बरु बोल्छु दुईचार शब्द, तर फेरी सोँच्छु मेरो गोरुको बाह्रै टक्का जस्तो भयो भने के गर्नु?
म सत्य घटनामा आधारित रहेर कुरा गर्दै छु! वुद्धि बहादुरको बिग्रिएको घर जोडिएको होईन! ऊहाँको बिग्रिएको घरलाई सम्हाल्नको लागि नयाँ जीवन् संगिनीको आगमन् भएको हो! सिन्धुली की राधिका बस्नेत ऊहाँकी धर्म पत्नी बनेर जीवन् भर नछुटिने बाचा गरी रहँदा कता कता एस्तो लाग्यो, मानिस भित्र अझै पनि मानवियता बिलिन भएको रहेनछ! मलाई धेरै लेख्नै मन लागेन!”सहयोग गर्न ईच्छुक दाताहरुका लागि सिधा सम्पर्क मोवाईल ९७७ ९८०४१८२४६८ मा सम्पर्क गर्नु हुन् हार्दिक अनुरोध गर्दछौ ।नबिल बैंक खाता नम्बर 3310017502095 AC no:3310017502095 Nabil bank Maharajaganja KTM
-By Nirdesh pokhrel
Post a Comment