बाँके । नेपालगञ्जमा नेत्रहीन सङ्घद्वारा सञ्चालित दृष्टिविहीन विद्यार्थीका लागि छात्रावासमा बस्दै आएकी न्यून दृष्टि भएकी बालिका छात्रावासमै शिक्षकबाट पटक पटक बलात्कृत हुँदै आएकाे घटना सार्वजनिक भएकाे छ । नेपालगञ्ज उपमहानगरपालिका-१३, बुलबुलियामा बाँकेकाे छात्रावासमा उक्त घटना घटेकाे हाे ।
त्यसै छात्रावासमा बस्दै आएका र मंगलप्रसाद मावि नेपालगञ्जका स्रोत शिक्षक कन्हैयालाल थारुले २०७३ देखि २०७५ साउनसम्म पटक पटक जबरजस्ती करणी गर्दै आएको दावी गर्दै प्रहरीमा उजुरी गरेपछि घटना सार्वजनिक भएको हो । किशोरीले मंसिर ११ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी गरेपछि थारुलाई प्रहरीले पक्राउ गरेको छ ।
नेत्रहीन महिला संघ र महिला तथा बालबालिका विभागको पहलमा कानूनी उपचारको प्रयास गरिएको हो । यसैबीच नेत्रहीन महिला संघ बाँकेले सोमबार नेपालगञ्जमा पत्रकार सम्मेलन गरी पीडित बालिकाको न्यायका लागि सहयोग गर्न सबैमा अपिल गरेको छ ।
अन्य समाचार
मलेसियामा २ सयभन्दा बढी नेपाली पक्राउ
काठमाडौं । मलेसिया सरकारले बिनादर्ता आफ्नो देशमा बस्ने नेपालीलगायत विदेशी कामदारलाई १ हप्तादेखि धमाधम पक्राउ गर्न थालेको छ ।
स्वदेश फिर्ता हुन वा वैधानिक हैसियत कायम गर्न दिइएको म्याद सकिएपछि अवैधानिक रुपमा मलेसियामा बसेका नेपाली सहित ६ हजारलाई त्यहाँको अध्यागमन कार्यालयले पक्राउ गरेको हो ।
ओपी मेगा ३ नाम गरिएको विदेशी नागरिक पक्राउ अभियानमा हालसम्म ६ हजार ६ सय ७८ जना विदेशी पक्राउ गरिसकेको छ । आजको कारोबारमा खबर छ ।
यसरी पक्राउ पर्ने २ सय जना नेपाली रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको भए पनि पक्राउ कार्य जारी रहेकाले वास्तविक तथ्यांक लिने कार्य भइरहेको बताइएको छ ।
-By Nirdesh pokhrel
Post a Comment