१६ माघ, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चालु आव २०७५/७६ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणका परिसूचकहरु उत्साहजनक रहेको बैंकले जनाएको छ ।
बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वाषिर्क विन्दुगत आधारमा १७२ प्रतिशत (१ अर्ब ३५ करोड) ले वृद्धि गरी २ अर्ब १४ करोडको सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको उल्लेख गरेको छ ।
बैंकका अनुसार खुद मुनाफातर्फ वाषिर्क विन्दुगत आधारमा १६४ प्रतिशत (९४ करोड) को वृद्धि सहित १ अर्ब ५१ करोडको खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
गतवर्षको सोही अवधिको खुदमुनाफा ५७.१८ करोड रहेको थियो । बैंकले वाषिर्क विन्दुगत आधारमा ५३ प्रतिशत (७४ अर्ब) को वृद्धि गरी वासालातको आकार २१४ अर्ब रुपैयाँ पुर्याउन सफल भएको विज्ञप्तिमा उल्लेख छ ।
जस अन्तर्गत कर्जातर्फ वाषिर्क विन्दुगत आधारमा ४८ प्रतिशत (४८ अर्ब) को वृद्धि गरी १४९.३ अर्ब र निक्षेप संकलनतर्फ वाषिर्क विन्दुगत आधारमा ४६ प्रतिशत (५५ अर्ब) को वृद्धि गरी १७५.७६ अर्ब पुर्याउन सफल भएको बैंकले जानकारी दिएको छ ।
उक्त वृद्धि नेपाली बैंकिङ्ग ईतिहासमा कुनै पनि बैंकले वाषिर्क विन्दुगत आधारमा हासिल गरेको वृद्धिका हिसाबले हाल सम्मकै उच्च वृद्धि भएको बैंकको दाबी छ ।
Post a Comment