एजेन्सी : विवाहपछि हनिमुन जाने चलन आजकाल सामान्य भइसकेको छ । खासमा हनिमुन शब्दको उत्पत्ति कसरी भयो भन्नेबारे भने धेरैलाई जानकारी नहुन सक्छ ।
सबैभन्दा पहिले हनिमुनको अर्थ बुझौं । ‘हनी’को अर्थ ‘मधुरता’ र ‘मुन’को अर्थ भने ‘बदलिँदै गरेको समय’ भन्ने बुझिन्छ । हनिमुन शब्दको पहिलो प्रयोग भने १६औं शताब्दीमा रिचर्ड ह्युलोटले गरेका थिए भन्ने इतिहास पाइन्छ ।
वल्र्डवाइड वड्र्स वेबसाइटका अनुसार ह्युलोटले नै पहिलोपटक हनिमुन शब्दको प्रयोग गरे पनि केही मानिसका अनुसार हनिमुनको सुरुआत ४००० साल पहिले नै बेबीलोनबाट भएको हो । त्यो समयमा बेबीलोनमा नव विवाहित जोडी विशेष प्रकारको मदिरा पिउँथे ।
समयक्रमसँगै यो शब्द प्रयोग हुँदै र व्यवहारमा पनि लागू हुन थाल्यो । त्यसपछि युरोपियन देशमा यसको प्रयोग नवविवाहित जोडीले बिहेपछि कतै घुमघामका लागि निस्किएर गर्न थाले । अहिले त यो पश्चिमा देशमा मात्रै नभएर नेपालमै पनि प्रयोगमा एक चलन बनिसकेको छ ।
अन्य समाचार
ब्रत बसेको दिन सम्भोग गर्न हुन्छ कि हुँदैन ? यस्तो भन्छ शास्त्र
काठमाडौं । तीजको ब्रत बसेका महिलाले ब्रत तोडेको रात सहवास गर्न हुन्छ कि हुँ दैन ? धर्मशास्त्र र चिकित्साशास्त्रमा यो प्रश्नको जवाफ फरक-फरक दिइएको छ। हिन्दू धर्मशास्त्रमा मन भगवानमा मात्र लगाउन गरिने उपवासका बेला भोजन र यौन दुबै सोच्नै नहुने विषय हुन् । चिकित्साशास्त्रले भने धर्मशास्त्रले जस्तो कडाइ गरेको छैन।
शास्त्रले के भन्छ ?
हिन्दूशास्त्र अनुसार उपवासको अर्थ भगवानमा रहने भन्ने हो । दिनभर भगवानमा मन लगाउनेले सहवासको कुरा सोच्नु पनि हुँदैन । यसले त दिमागलाई भ्रष्ट गराउँछ ।
इस्लाम धर्मग्रन्थ कुरानमा पनि रमजानका अवसरमा ब्रत बसेका बेला सहवासलाई बर्जित गरिएको छ । क्रिश्चियनहरु यसमा जे गर्न पनि स्वतन्त्र छन् । बुद्ध धर्म ग्रन्थले पनि भगवानमा चित्त लगाउनले सहवास गर्नु हुँदैन भन्छ । हिन्दू धर्मशास्त्र र परम्पराअनुसार हरितालिका तीजमा ब्रत बसेका महिलाले पतिसँग सहवास गर्दैनन् र उनीहरु त्यस दिन पतिसँग सुत्दैनन् भनेको छ ।
तीजको ब्रत बसेका बेला महिलाले पतिको घर छाडेर माइतीमा बस्नुको अर्थ पनि सहवासबाट टाढै हुने उपायका रुपमा लिन सकिने वाल्मिकी क्याम्पसका उपप्राध्यापक केशवमणि घिमिरे बताउँछन् । घिमिरे भन्छन्-’उपवास बस्ने भनेकै भोक र कामवासनालाई नियन्त्रण गरेर भगवानमा भक्ति लगाउनका लागि हो, त्यसबेला सम्भोग गर्दा ब्रतको फल प्राप्त हुँदैन ।’
धर्मशास्त्रले ब्रत बसेका सम्भोगबाट टाढै बसुन् भने पनि चिकित्सा शास्त्रले भने आफ्नो शारीरिक र मानसिक अवस्था विचार गर्न ब्रतालुलाई सुझाव दिन्छ । ब्रत बसेका बेला महिला शारीरिक र मानसिक रुपमा कमजोर एवं थकित हुने यौन विशेषज्ञहरुको भनाइ छ ।
माता मनकामना आरोग्यकेन्द्रका यौन विशेषज्ञ डा. बद्रीप्रसाद भट्टराई भन्छन्-’ब्रतका बेला यौन सम्पर्क गर्ने कुरा दुईजनाबीच निर्भर हुन्छ । शारीरिक रुपमा थकान छैन भने सहज वातावरण बनाएर सम्बन्ध राख्दा फरक पर्दैन ।’
उनका अनुसार यौनलाई जटिल रुपमा नबुझी प्रेम अभिव्यक्त गर्ने माध्यमका रुपमा लिए ब्रतले कुनै बाधा गर्दैन । तर, ब्रत बसेका बेला शरीरमा पानी, ग्लुकोजलगायत क्यालोरी मात्रा कम हुने र सहवासमा धेरै क्यालोरी खर्च हुने भएकाले यसले थप कमजोर बनाउन सक्ने उनी बताउँछन् । ‘तर, एकचित्तले ब्रत बस्दा शरीर फुर्तिलो र चङ्गा हुने भएकाले यौनइच्छा अझ बढ्छ । भोकै बस्दा कसै-कसैमा ज्यानमा अझ फुर्ती आउँछ,’ भट्टराईले भने ।
रातो पोशाकको अर्थ
तीजको दिन महिला रातो पोशाकमा हुन्छन् । सारीदेखि अन्य पोशाकसम्म रातै लगाउँदा महिलाहरु अरु दिनको तुलनामा बढी कामुक देखिने यौन विश्लेषक बताउँछन् । यौन विज्ञ डा. भट्टराई भन्छन्-’रातो रंगले यौनोत्तेजना बढाउन मद्दत गर्छ।’
उनका अनुसार गहुँगोरो छाला भएका नेपाली महिलालाई रातो पोशाकले राम्रो सुहाउँछ । रातो पोशाकले पुरुषलाई मनोवैज्ञानिकरुपमा आकषिर्त गर्छ । विवाहमा बेहुलीलाई रातो पोशाकमा सजाउनुमा पनि यही सन्दर्भ जोडिएको विज्ञ बताउँछन् ।
-By Nirdesh pokhrel
Post a Comment