बलिउडमा सारुख खान र सलमान खानबीच प्रतिष्पर्धा भएजस्तै नेपाली सिनेमा क्षेत्रमा महानायक राजेश हमाल र सदाबहार नायक भुवन केसीबीच पनि त्यस्तै प्रतिष्पर्धा हुन गथ्र्यो । अहिले राजेश फिल्मी पर्दाबाट टाढा छन् तर भुवन भने फिल्म निर्माण र निर्देशनमाफर्त निरन्तर यही क्षेत्रमा छन् ।उनले कयौँ हिट फिल्म निर्माण एवं निर्देशन समेत गरिसकेका छन् । वास्तवमा यी दुई ठुलो मनमुटाव भने छैन तथापी राम्रो सम्बन्ध पनि छैन । बिषेश गरी राजेश हमाललाई महानायक भनिएकोमा भुवन त्यती खुसी देखिँदैनन् । फ्लप नै फ्लप दिएका नायक महानायक कसरी भयो ? उनले यस्ता अभिव्यक्ति दिँदै आएका छन् ।
हुन पनि हो तुलनात्मक हिसाबमा भन्ने हो नेपाली सिनेमा क्षेत्रमा राजेशको भन्दा भुवन केसीको सुपरहिट फिल्म धेरै छन् भने संख्यात्मक रुपमा राजेशको फिल्म धेरै छन् । सोही कारण पनि भुवन राजेशलाई महानायक भन्दा खुसी नै छैनन् । राजेश हमालले यसबारेमा आफनो कुनै अभिव्यक्तिहरु अहिलेसम्म दिएका छैनन् तर बेवाक भुवन भने आफनो भनाई हिच्किाउँदैनन् बिषेशगरी राजेश हमालको बिषयमा ।
हालै मात्र भुवन केसीले राजेशलाई लिएर एउटा अभिव्यक्ति दिएका छन् जुन अभिव्यक्तिमा उनले राजेशको खिल्ली उडाएका हुन की प्रशंसा गरेका हुन् भन्ने बुझन कठिन छ । कुनै नायकले गरेको रोल मैले गर्न पाएको भए हुन्थ्यो भन्ने लागेको छ ? भन्ने प्रश्नमा भुवनले राजेश हमालले महिला बनेर अभिनय गरेको फिल्म सकुन्तलाको नाम लिए ।
उनले भने “मलाई त्यो राजेश हमालले साडी लगाएर खेल्नु भएको फिल्म गर्न पाए हुन्थ्यो भन्ने लागेको थियो तर के गर्नु मेरो जुंगाले समस्या पाथ्र्या। मैले अहिलेसम्म लाईफमै जुंगा काटेको छैन । यदि मैले त्यो फिल्म खेलेको भए जुंगै काट्नु पथ्र्याे ठुलै योगदान हुन्थ्यो”। भुवनले यति भनिरहँदा उनले कुन सेन्समा यस्तो भने बुझन अलिक कठिन नै छ ।
किनकी उक्त फिल्म सुपरफ्लप भएको थियो । जुन फिल्मको असफलतापछि राजेश हमाल पर्दामा अहिलेसम्म फर्किएका छैनन् । अब भुवनले नै जानुन् राजेशको खिल्ली उडाएका हुन की प्रशंसा गरेका हुन् । यतिबेला भुवन आफनो फिल्म क्याप्टेनलाई लिएर व्यस्त छन् । जुन फिल्म फागुन १७ बाट अल नेपाल रिलिज हुदैछ ।
-By Nirdesh pokhrel
Post a Comment