काठमाडौँ । पत्रकार कुराउन त फिल्मसम्बन्धी प्रेसमिटको एउटा विशेषता नै भइसक्यो । प्रायः फिल्मका कार्यक्रम ढिलो सुरु हुनुको कारण एउटै हुन्छ, फिल्मका प्रमुख कलाकार कार्यक्रममा ढिलो आउनु । यो समाचार शुक्रबार साप्ताहिकमा प्रकाशित छ ।
अघिल्लो साता आयोजित ‘सम्हालिन्छ कहिले मन’को घोषणा कार्यक्रममा पनि यस्तै भयो । १२ः१५ मा कार्यक्रम सुरु हुने तय थियो । तर पत्रकार कुरेको कुरै भए ।
फिल्मको प्रमुख कलाकारहरु दुई बजे मात्रै कार्यक्रममा आइपुगे । त्यो पनि शानदार इन्ट्रीसहित । अभिनेताद्वय आकाश श्रेष्ठ र सोनम तोप्देन एकएकवटा हात समातेर शानका साथ अभिनेत्री पूजा शर्मालाई कार्यक्रममा
भित्र्याउँदा त लाग्थ्यो, त्यहाँ कोही कसैलाई पर्खिएकै छैन र कसैको केही गल्ती भएकै छैन । आफूले लगाएको पहिरन सम्हाल्न पूजालाई उस्तै हम्मेहम्मे परिरहेको थियो ।
यी सबका बाबजूद पूजा उत्साहित देखिन्थिन् । आफूले फिल्मको लागि १५ लाख पारिश्रमिक लिएको दाबी गरिरहेकी थिइन् ।
आफूलाई स्टार अभिनेत्रीको रुपमा उभ्याउने त उनको पुरानै बानी हो । पूजाको फाइँफुइँ देखेर वरिपरि गाइँगुइँ सुनिन्थ्यो, ‘स्टार हुँ भन्नेले समयको ख्याल गर्नुपर्दैन ?’
-By Nirdesh pokhrel
Post a Comment