संसारमा कहिलेकाँही राम्रा पागलहरु जन्मिन्छन् जसले गर्दा संसारक केही पाटाहरु सुन्दर देखिने गर्दछन् । यस्ता पागलहरुवारे शुरुमा मान्छेहरुले विश्वास नगरेपनि विस्तारै उनीहरुको कामलाई सह िमुल्यांकन गर्न बाध्य हुन्छन् ।
किनकी राम्रा पागलहरुले आफ्नो अथक मिहिनेत, परिश्रम र कार्य कुशलताले गर्दा आँफुले सोचेका अथवा अगुवाई गरेको कामको श्रेय उत्कृट पाउने गर्दछन् ।
संसारका उतकृट पागलहरु मध्ये र पोलेट पनि एक हुन । आज भन्दा करीब २५ वर्ष अगाडि र पोलेट मेक्सिकोको मरुभसमि घुम्न गएका थिए । त्यहाँ उनले एउटा गुफा देखे र त्यो देख्नासाथ उनको मनमा एउटा सोचाई आयो ।
त्यसपछि उनी त्यो गुफामा आफुलाई समर्पित गर्ने निर्णय गरे । र त्यो दिन देखि आँफु त्यो गुफामा उउटा कुकुरलाई साथी बनाउर बस्न थाले ।
उनी त्यहाँ त्यत्तिकै बसेका होइनन् उनी आँफुलाई प्रस्फ्रुरीत गर्न चाहान्थे र उनी भित्रै देखि कलाको सौखिन थिए । त्यहाँ बसेर आफुले त्यो गुफालाई सुन्दर कलाकृतिमा ढाल्ने निधो गर्दै उनी २५ वर्ष सम्म तयो गुफामा बसे र आफ्नो कलाको साधना गर्न थाले ।
उनले त्यो स्थानमा आफ्नो कलाले यति राम्रो साधना गरे की २५ वर्ष पछि मरुभुमिको एउटा माटटोको ढिस्को, एक पर्यटकिय गुफा बन्न पुग्यो । उनले आफ्ना २५ वर्ष लगाएर कलाकृतिहरु बनाइरहदाँ उनी एकोहोरो लागेर एक्लै काम गरेको थिए ।
केही वर्ष पहिले एक बृत्तचित्र बनाउने निर्देशक उनीसंग बसेर उनको कामलाई करिब ३ वर्ष सम्म नियालेका थिए । त्यो बृत्तचित्रको नाम ‘केभ डिगर’ हो । त्यही बृत्तचित्रले पछि एकाडेकी अर्वाड पनि पाएको थियो ।
उनी गुफा भित्र ५ वर्षको गुप्तबास पछि बाहिर निस्कदाँ उनी एका एक अन्तर्रा्ष्ट्रिय सेलिब्रेटी बनेका थिए ।
जब पोलेट गुफाबाट बाहिर निस्किए र अरु मान्छेहरु गुफाभित्र गए त्यसपछि उनीहरु त्यहाँको दृश्य देखेर चकित भए ।
डरलाग्दो गुफालाई पोलेटले कलाको बेजोड नमूना बनाइदिएका थिए । भित्र भित्ताहरुमा कुँदिएका कलाकृतिले गुफालाई निकै सुन्दर बनाएको छ । अहिले यो गुफा उत्कृष्ट पर्यटकीय गन्तव्य बनिसकेको छ ।
-By Nirdesh pokhrel
Post a Comment