काठमाडाैं । चलचित्र क्षेत्रकी चर्चित नायिका साम्राज्ञी राज्लक्ष्मी शाह सामाजिक संजाल इन्टाग्राममा एकदमै लोकप्रिय छिन् ।
उनलाई इन्टामा करिब ४ दाखले फलो गरेका छन् । उनको यो अकाउन्ट ह्याक भएको छ । ह्याकरले अकाउन्ट ह्याक गरेर केही अश्लील तस्वीर पोष्ट गरेर अहिले भने हटाइसकेका छन् ।
तर अकाउन्ट भने अझै सुचारु भएको छैन । साम्राज्ञीकीकी आमा नेहा आरएल शाहले आफूहरु एकाउन्ट ह्याक भएकोमा अचम्मित भएको प्रतिक्रिया दिइन् ।
अन्य समाचार
मोरङको कार्टुन फ्याक्ट्रीमा भीषण आगलागी
काठमाडौं । गएरातीदेखि मोरङको अरिहन्त कार्टुन फ्याक्ट्रीमा लागेको भिषण आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन् ।
बुढीगंगा गाउँपालिका–३ स्थित कारखानामा गएराति ११ बजेदेखि आगो लागेको हो । आगलागी निभाउने प्रयास जारी रहेको मोरङका प्रहरी प्रमुख मनोज केसीले जानकारी दिए ।
उनका अनुसार ६ वटा दमकलको सहयोगमा सेना, सशस्त्र र नेपाल प्रहरीले आगो निभाउने प्रयास जारी राखेका छन् ।
वरपर फैलिने सम्भावना नरहेको तर फ्याट्रिको आगो अझै नियन्त्रणमा नआएको प्रमुख केशीले जानकारी दिए ।
-By Nirdesh pokhrel
Post a Comment