- गौरादह-समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पूर्वाधार भन्ने नाराका साथ ३९ औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा गौरादह र गौरीगञ्जमा २० जना शिक्षक सहित पाँच जना कर्मचरीलाई सम्मान गरियो ।
गौरीगञ्ज गाउँपालिका शिक्षा शाखाको आयोजनामा गौरीगञ्जमा शुक्रबार ६ जना दीर्घ शिक्षासेवी सहित उत्कृष्ट विद्यालय र विद्यार्थी गरी १३ जनालाई सम्मान गरियो । गाउँ शिक्षा समितिका संयोजक दिपिन्द्र थापाको सभापतित्व र गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा दीर्घ शिक्षासेवीहरु उदयलाल यादव, विष्णुमान श्रेष्ठ, केशरबहादुर श्रेष्ठ, हरिलाल बराल, दुर्गाप्रसादसिंह ताजपुरिया र जयलालसिंह राजवंशीलाई सम्मान गरिएको थियो । त्यसै गरी २०७४ सालको उत्कृष्ट विद्यालय गौरीगञ्ज मा.वि, उत्कृष्ट प्रधानाध्यापक तर्फ बालकल्याण माविका प्रधानाध्यापक भोलाप्रसाद खतिवडा, सामुदायिक विद्यालयका उत्कृष्ट विद्यार्थी छात्रा तर्फ आदर्श माविकी आर्जु भट्टराई, छात्र तर्फ गौरीगञ्ज माविका बीरबलप्रधान र नवीनकुमार गिरी, त्यसै गरी संस्थागत विद्यालयका छात्रा तर्फ देवकोटा माविका हिमानी रिमाल र छात्र तर्फ देवकोटा माविकै इरोज कार्की र धिरजकुमार गनगाईलाई पनि पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशी र वडा नं. ३ का वडा अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक मखना महतो गैदार, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य लगायतले बोलेका थिए ।
कार्यक्रममा गाउँ शिक्षा समितिका सदस्य कुमारप्रसाद भण्डारीले स्वागत गरेका थिए भने गाउँ शिक्षा समितिका सदस्य सचिव डिल्लीराम अधिकारीले संचालन गरेका थिए ।
त्यसै गरी गौरादहमा गौरादह नगरपालिका सामाजिक विकास समितिको आयोजनामा शिक्षक तथा कर्मचारी सम्मान साथै सामुदायिक विद्यालय नगर स्तरीय तिज गीत नृत्य प्रतियोगिता सम्पन्न भयो । कार्यक्रम सामाजिक विकास समितिका संयोजक मणिन्द्र कार्कीको सभापतित्वमा गौरादह नगरपालिकाका नगर प्रमुख रोहितकुमार शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा अवकास शिक्षक तर्फ चेतनाथ रिजाल, सूर्यप्रसाद भेट्वाल, धर्मबहादुर कार्की, कमलादेवी भट्टराई र बालकृष्ण रिमाल र बाल शिक्षा शिक्षक तर्फ राधिका राउत र अम्बिका कार्की लाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालय कर्मचरी तर्फ भविशचन्द्र ताजपुरिया, गजबहादुर मगर, लोकनाथ पौडेल, कालीप्रसाद राजवंशी र दलबहादुर थापालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा २०७४ सालको वार्षिक परीक्षामा नगरभित्रका सामुदायिक विद्यालयका उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो । जसमा कक्षा पाँचबाट नवीन तिम्सिना, क्रिशला कोइराला, कक्षा आठबाट पवन खरेल र स्वेता न्यौपाने, कक्षा १० बाट सञ्जिव पौडेल र सविता पौडेल, कक्षा १२ तर्फ टिकाराम श्रेष्ठ र गंगा फुयल र प्राविधिक शिक्षा तर्फ अभिकृत गौतम र रोजिना इङ्नामलाई पुरस्कृत गरिएको थियो । त्यसै गरी सम्पन्न नृत्य प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना क्रमश स्कुलचौन मावि, जनता मावि, प्रगति मावि र अमर आधारभूत विद्यालय भएका थिए ।
कार्यक्रममा शिक्षक महा संघ झापाका अध्यक्ष बुद्धिमान कार्की, शिक्षक महासंघ गौरादह नगर समितिका अध्यक्ष बाबुराम भण्डारी र सम्मानित हुनेहरुको तर्फबाट चेतनाथ रिजाल लगायतले बोलेका थिए । कार्यक्रममा गौरादह स्रोत केन्द्रका स्रोत व्यक्ति हरिप्रसाद अधिकारीले स्वागत गरेका थिए भने जनता माध्यमिक विद्यालयका शिक्षक दीपक सुवेदीले कार्यक्रम संचालन गरेका थिए ।
By Nirdesh pokhrel