गौरादह- गौरादह स्थित शुभलक्ष्मी सहकारी संस्था लिमिटेडको अध्यक्ष पदमा प्रकाश कार्की बिजयी भएका छन् । निर्वाचनमा कार्कीले एक हजार एक सय १३ मत प्राप्त गरेका थिए भने प्रत्यासी उम्मेद्वार नारायणप्रसाद घिमिरेले नौ सय पाँच मत प्राप्त गरेका थिए । उपाध्यक्ष पदमा दिलिपकुमार भण्डारी विजयी भएका छन् । उनका प्रत्यासी भीमा खवासले सात सय ५५ मत प्राप्त गरेकी थिइन् ।
त्यसै गरी सचिव पदमा हेमचन्द्र घिमिरे राजुले एक हजार एक सय १३ मत ल्याएर बिजय भएका छन् भने प्रत्यासी उम्मेद्वार भीमबिजय बाँस्तोलाले आठ सय ६५ मत प्राप्त गरेका थिए । कोषाध्यक्ष पदमा बीरेन्द्र बस्नेत एक हजार ७३ मत ल्याएर बिजय भएकाछन् भने प्रत्यासी उम्मेद्वार श्याम दाहालले नौ सय दुई मत प्राप्त गरेका थिए । महिला तर्फ शिवकुमारी ढुङ्गाना सुशिलाले एक हजार ७३, कमला नेम्वाङले एक हजार ३२, साबित्रा कटुवालले नौ सय ४४ र मञ्जु पौडेलले नौ सय ३९ मत ल्याएर बिजयी भएकाछन् ।
त्यसै गरी पुरुष तर्फ डिल्ली रिजालले एक हजार दुई सय २१, राजकुमार दाहालले एक हजार ६७, कुन्दन गिरीले एक हजार ४७, नारायण कार्कीले एक हजार ४३ र कृतेन्द्र (कृष्ण) ढुङ्गानाले एक हजार मत प्राप्त गरी बिजयी भएकाछन् । लेखा समिति सदस्य पदमा गोपीनाथ धमलाले आठ सय २१ र याम कार्कीले सात सय १८ मत प्राप्त गरी बिजयी भएकाछन् ।
सदस्य पदमा महिला तर्फ चार जनाको लागि आठ जनाको उम्मेद्वारी परेको थियो भने लेखा समिति सदस्य पदमा दुई जनाका लागि चार जनाको उम्मेद्वारी परेको थियो । लेखा समितिको संयोजकमा कुशहरी दाहाल निर्विरोध निर्वाचत भएका थिए ।
निर्वाचनमा निर्वाचन अधिकृत बाबुराम भण्डारीका अनुसार दुई हजार सात सय ४८ मतदाता संख्या रहेपनि पदाधिकारीहरुमा दुई हजार एक सय १५ र बाँकी अन्य पदमा दुई हजार एक सय १६ मत खसेको थियो । शुभलक्ष्मी सहकारी संस्था लिमिटेडको शनिबार अतिथि सदन एवं सामुदायिक भवनमा निर्वाचन सम्पन्न भएको थियो ।
By Nirdesh pokhrel
Post a Comment