गौरादह- गौरादह स्थित शुभलक्ष्मी सहकारी संस्था लिमिटेडको शनिबार अतिथि सदन एवं सामुदायिक भवनमा निर्वाचन सम्पन्न भएको थियो । निर्वाचनमा ७७ प्रतिशत मत खसेको निर्वाचन अधिकृत बाबुराम भण्डारीले जानकारी दिए । निर्वाचनमा निर्वाचन अधिकृत भण्डारीका अनुसार दुई हजार सात सय ४८ मतदाता संख्या रहेपनि पदाधिकारीहरुमा दुई हजार एक सय १५ र बाँकीमा दुई हजार एक सय १६ मत खसेको निर्वाचन अधिकृत बाबुराम भण्डारीले जानकारी दिए ।
सहकारीको सम्पन्न निर्वाचनमा किरियापुत्री सेयर सदस्य नं.९५५ का युवराज तिवारी र सेयर सदस्य नं. २६१२ का रिता कार्कीले समेत मतदान गरेका थिए ।
संस्थाका २० औँ वार्षिक साधारण सभामा अध्यक्ष पदमा नारायणप्रसाद घिमिरे र प्रकाश कार्की चुनावी मैदानमा उत्रिएका थिए । सदस्य पदमा महिला तर्फ चार जनाको लागि आठ जनाको उम्मेद्वारी परेको थियो भने लेखा समिति सदस्य पदमा दुई जनाका लागि चार जनाको उम्मेद्वारी परेको थियो । लेखा समितिको संयोजकमा कुशहरी दाहाल निर्विरोध निर्वाचत भएसकेकाछन् ।
मतगणना आजै साँझ ५ बजेदेखि संस्थाको सभा हलमा गणना गरिने निर्वाचन अधिकृत बाबुराम भण्डारीले जानकारी दिए ।
By Nirdesh pokhrel
Post a Comment