काठमााडौँ – टेकुस्थित काठमाडौँ प्रहरी परिसरमा राजीनामा हातमा लिएका एक प्रहरी जवान भन्दै थिए, ‘संगठनमा भन्दा त ट्याक्सी चलाएर राम्रोसँग परिवार धान्न सक्छु ।’
चालकको दरबन्दीमा कार्यरत उनले जागीर छाड्ने योजनाअनुसार नयाँ ट्याक्सी किनेको सुनाए । अन्य दरबन्दीमा भएका जवानले थोरै मात्र बिदा पाउने र २४ सै घण्टा तम्तयार रहनुपर्ने बाध्यता रहेको गुनासो उनको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुवास गोतामेले लेखेका छन् ।
परिसरमा यसवर्ष जवानदेखि सइसम्म १ सय ५९ जनाले राजीनामा दिइसके । छाड्ने सबै पेन्सन अवधि पुगेका कर्मचारी छन् । राजीनामा दिनेमध्ये २९ जना चालक थिए ।
२०७१ मा १७२३ जनाले, २०७२ मा १२५२ जना, २०७३ मा ११६० जनाले, २०७४ १७८१ जनाले र २०७५ साल माघसम्म २५१० जनाले संगठन छाडेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।
अन्य समाचार
काठमाडौं उपत्यकामा भारी वर्षा, भक्तपुरमा बर्षपछि हिउँ पर्यो
काठमाडौँ उपत्यकामा आज भारी वर्षा हुनुका साथै वरपरका डाँडामा हिउँ परेको छ। यता भक्तपुरको नगरकोट लगाएत अधिकाश स्थानमा बर्षासँगै हिउँ परेपछि मानिसहरु हिउँ खेल्न घरवाहिर निस्केका छन् ।
नगरकोट छाडेर अन्य स्थानमा १२ बर्षपछि आज हिमपात भएको हो । यसअघि वि.सं. २०६३ साल फागुन २ गते भक्तपुरलगायत उपत्यकामा हिमपात भएको थियो ।
भक्तपुरका अधिकांश क्षेत्रमा बिहीवार बिहान ६ बजेर ४२ मिनेटदेखि ७ बजेर ०५ मिनेटसम्म लगभग आधा घण्टा हिमपात भएको हो ।
प्राय जसो हिउँ पर्ने भक्तपुरको नगरकोटमा भने पानी परेसँगै हिजो बेलुकादेखी नै हिउँ परेको छ ।
हिजो बुधबारबाट नै काठमाडौँ उपत्यका लगायतका धेरै स्थानमा असिना पानीसँगै हिउँ परेको थियो ।पछिल्लो केसी समयदेखि दोहोरिँदै आएको पश्चिमी वायुको प्रभावले फेरि मुलुकभरको मौसम प्रभावित बनाएको छ।
शनिबार राति भित्रिएको पश्चिमी वायुको प्रभाव केही कमजोर रहेको र त्यसको असर आइतबारसम्म जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।आज चन्द्रगिरी लगाएतका स्थानमा भारी हिउँ परेको चन्द्रागिरी हिल्सले जनाएको छ।
-By Nirdesh pokhrel
Post a Comment