काठमाण्डौं, १६ फागुन – एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव लिएर सेनाको एमआई १७ हेलिकोप्टर काठमाण्डौंका लागि उडेको छ ।
सुकेटार विमानस्थलबाट नेपाली सेनाको हेलिकोप्टर शव लिएर काठमाण्डुका लागि उडेको हो । मन्त्री अधिकारीसहित ७ जना सवार बुधबार पाथीभरा मन्दिर परिसरबाट उडेको हेलिकोप्टर एक मिनेटमै दुर्घटनामा परेको थियो ।
मर्ने सबै बराबर हुन को नेता, को मन्त्रि, को जनता ? तर यहाँ मृत्यु फरक हो जस्तो गरिन्छ । कसैको मृत्यु पहाड भन्दा गह्रौँ कसैको हल्का फुल्का वा प्रायलाई थाहा नै हुन्न ।
मरण एउटै, दुर्घटना एउटै तर प्राय सोसल मिडियामा कि मन्त्रि कि ठुला बडालाई मात्र श्रदाञ्जलि दिएको भेटिन्छ तर आफ्नो कर्तब्यपालनको क्रममा ज्यान गुमाएका जमदार अर्जुन घिमिरेलाई कसले सम्झिने ?
यहाँ सेनाका जमदार अर्जुन घिमिरे जो मन्त्रि रविन्द्र अधिकारीका सुरक्षाकर्मी (पिएसो) हुन । उनि पनि आफ्नो कर्त्यब्य पुरा गर्दै मन्त्रि संगै मृत्युवरण गरे ।
नेपाली सेनाका जमदारको बारेमा त्यहिँ खबर बाहिर आएका छैनन । अर्जुन घिमिरेको शोकसन्तप्त परिवारलाई पनि धर्य धारण गर्ने शक्ति मिलोस ! घिमिरेलगायत सबैलाई श्रद्धासुमन !
तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री रविन्द्र अधिकारीसहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।
-By Nirdesh pokhrel
Post a Comment