सुर्खेत । अमेरिकी नागरिक म्यागी डोयनको पहलमा वीरेन्द्रनगरमा प्रविधियुक्त विद्यालय भवन निर्माण गरिएको छ । सन् २०१५ की ‘सिएनएन हिरो’ समेत रहेकी डाेयनले विगतदेखि नै सञ्चालन गर्दै अाइरहेकाे काेपिला भ्याली समाजद्वारा साे विद्यालय सञ्चालित छ ।
नवनिर्मित विद्यालय भवनकाे आइतबार उद्घाटन भएकाे छ । कर्णालीका सामाजिक विकासमन्त्री दल रावलले उक्त भवन उद्घाटन गरेका हुन् ।
वीरेन्द्रनगर नगरपालिका–१ धारापानीस्थित आफ्नै जग्गामा साे विद्यालय निर्माण गरिएको हाे । विद्यालयमा हाल नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुँदै आएको छ ।
३ वर्षमा सम्पन्न भवनकाे लागत १२ करोड रहेकाे कोपिला भ्याली समाजकी संस्थापक डाेयनले जानकारी दिइन् । उनले साे भवनमै विद्यालयका साथै कोपिला भ्याली बालगृह र महिला केन्द्र पनि सञ्चालन हुने बताइन् ।
१० वर्षअघि म्यागीले खाेलेकाे कोपिला भ्याली समाजले अनाथ, असहाय तथा गरीब बालबालिकालाई शिक्षा र सीपमूलक तालिम प्रदान गर्दै अाएकाे छ ।
साेही समाजसेवाका लागि डाेयन अाफ्नाे देश छाेडेर यतै बसेकी छन् । यही कामका लागि उनले नगद १० हजार डलर पुरस्कारसहित सिएनएन हिराे उपाधि पाएकी थिइन् ।
कोपिला भ्यालीले हाल सुर्खेतसहित अन्य जिल्लाका गरी करिब ४५० बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गरिरहेको छ ।
-By Nirdesh pokhrel
Post a Comment