म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका स्टार गेराथ बेलका एजेन्ट जोनाथन बार्नेटले आउने ट्रान्फरमा बेलको सरुवा असम्भव नरहेको बताएका छन् । बेल युभेन्ट्स जाने सम्भावना छ भन्ने विषयमा जवाफ दिने क्रममा बर्नेटले कुनै पनि कुरा असम्भव नभएको बताएका थिए ।
क्रिस्टियानो यो सिजनको सुरुवातमा रानाल्डो रियल छाडेर युभेन्ट्स गएपछि बेल क्लबको मुख्य खेलाडी हुने अनुमान गरिएको थियो । तर, उनले बेल तत्काल युभेन्ट्स जाने सम्भावना भने नरहेको बताएका छन् ।
‘बेल रियलमा धेरै खुसी छन् । तर हामी भविष्यका बारेमा कुरा गर्छौ भने त्यहाँ असम्भव केहि हुन्छ,’ उनले भने, ‘रोनाल्डो रियलका महत्वपूर्ण खेलाडी थिए । बेल रोनाल्डोसँग खेल्न मन पराउँछन् । तर उनी अहिले माथिल्लो स्तरको क्लबमा छन् र खुसी छन् ।’
रोनाल्डो सिरिएमा पुगेयता त्यहाँको लिग अघिल्लो वर्षको तुलनामा फरक ढंगले हेरिएको पनि बार्नेटले बताएका छन् । रोनाल्डोले सिरी ए मा सुस्त सुरुवात गरेपनि पछिल्लो समय निकै फर्ममा रहेका छन् । उनले युभेन्टसलाई इतिहासकै सफल सुरुवात दिलाएका छन् ।
-Nirdesh pokhrel
Post a Comment