१४ मंसिर, विराटनगर । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलेे सरकारको कामको बारेमा गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताएका छन् ।
परिणाममुखी काम गर्न आवश्यक भएको भन्दै उनले आत्मसमीक्षा जरुरी भएको स्पष्ट पारेका हुन् । तर, अहिले नै सरकारको नै मूल्याङकन गर्ने बेला भने भइनसकेको उनको भनाइछ ।
विराटनगर विमानस्थलमा शुक्रबार स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा नेता श्रेष्ठले भने, ‘सरकारको कामको मूल्याङन गर्ने भन्दापनि कामको समीक्षा गर्न आवश्य भने अहिले आवश्य छ ।’
उनले नेकपाभित्र व्यक्तिगत स्वार्थको लागि गुटको राजनीति मौलाएको बताउँदै पार्टीलाई गुटरहित बनाउन आवश्य रहेको जोड दिए । ‘हाम्रो पार्टी गुटबिहीन पार्टी हुन सकेको छैन, यो लुकाएर लुक्ने कुरा होइन, व्यक्तिगत स्वार्थमा आधारित गुट र गिरोहबन्दीलाई निरुसाहित र असफल बनाउन आवश्य छ,पार्टीमा यस विषयमा गम्भीर छलफल जारी छ ।’ नेता श्रष्ठले भने ।
उनले पार्टीभित्र बैचारिक छलफल र अन्तरसंघर्ष बढाउन पनि आवश्य रहेको बताएका छन् ।
फरक प्रशंगमा प्रवक्ता श्रेष्ठले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा संलग्न अपराधीलाई अहिलेसम्म पत्ता नलाउन नसक्नु दुःखद भएको बताए ।
घटनामा संलग्न अपराधीलाई पत्ता लगाउन सरकार लागि परेको उनको भनाइ छ ।
By Nirdesh pokharel
Post a Comment