काठमाण्डौ ,विश्व सुन्दरी प्रतियोगितामा नेपालले हंगामा मच्चाएको छ । प्राप्त भोट मध्ये आफ्नो पक्षमा ३५ दशमलव ५ प्रतिशत भोट प्राप्त गर्दै नेपालले हंगामा मच्चाएको हो । नेपालको तर्फबाट सहभागिता जनाएकी श्रृखंला खतिवडाले ३५ दशमलव ५ प्रतिशत भोट प्राप्त गर्न सफल भएसँगै उनले विश्व सुन्दरीको ताज नेपाल आउनेमा नेपाली थप विश्वस्त भएका छन् ।
विश्व सुन्दरी प्रतियोगिता आयोजकले पनि नेपालले अधिक भोट प्राप्त गरेको आधिकारिक रुपमै जानकारी दिएको छ । नेपालकी छोरी श्रृंखलाले ३५ प्रतिशत भोट प्राप्त गर्दा अघिल्लो बर्षको मल्टीमिडियो अवार्ड र मिस पपुलर अवार्ड जित्ने मंगोलियाले मात्रै ११ दशमलव चार भोट ल्याएको छ ।
श्रृंखला जित तर्फ उन्मुख रहँदै गर्दा आइरहेका तथ्यहिन समाचारले भने दुखी बनाएको उनकी आमा मुनु सिग्देलले बताएकी छन् । उनले श्रृंखलाकै पक्षमा लेखिएको समाचार भएपनि तथ्यमा आधारित हुनुपर्नेमा जोड दिएकी छन् । बलात्कारपछि हत्या भएकी कञ्चन पुरकी १३ बर्षीय बालिका निर्मला पन्तको बारेमा सोधिएको प्रश्नमा उनले निर्मला र श्रृंखला दुबै नेपालको छोरी भएको बताईन् । उनले निर्मलाको न्यायको लागि श्रृंखला पनि लडिरहेको बताएकी छन् ।
-By Nirdesh pokhrel
Post a Comment