काठमाडौं । ‘कागले कान लग्यो’ भन्दा कागको पछाडि लाग्ने कि आफ्नो कान समात्ने ? आजभोलिका मान्छेहरू कान समात्नु तिर भन्दा पनि कागको पछाडि तँछाडमछाड हुँदै दौडिरहेका हुन्छन् सामाजिक सञ्जालमा ।
सामाजिक सञ्जालको लोकप्रियता बढे पनि हैवाको पछि निकै दर्गुन थालेका छन् । नेपाली एउटा उख्खान छ ‘बुझ्नेलाई सृखण्ड नबुझ्नेलाई खुर्पाको बिँड’ यस्तै भएको छ, सामाजिक सञ्जाल पनि । हामी बुझ्ने त छौँ, तर बुझ्ने भन्दा बढी नै बझ्याैँ जस्तो लाग्छ । यसरी बढी बुझ्न पनि गाह्रो विषय हो ।
सामाजिक सञ्जालकै कारण जीवन अलपत्र हुनेदेखि रातारात सेलिब्रेटी बन्नेसम्म पनि छन् । युवकयुवती मात्र नभई बालबालिका र प्रौढ अवस्थाका सर्वसाधारण पनि सामाजिक सञ्जालमा अभ्यस्त भइरहेका छन् । हुन त सामाजिक सञ्जालबाट सेकेन्डभित्रै विश्वमा आफ्ना कुरा राख्न, अरूका कुरा थाहा पाउन सकिन्छ । साथीसंगीसँग निकट हुन, आफ्ना भावना अरूसम्म पुर्याउन मात्र नभएर सूचनाको प्रभावकारी माध्यमका रूपमा पनि फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालको भूमिका देखिएको छ ।
सामाजिक सञ्जालको महत्त्व धेरै छ, तर सामाजिक सञ्जालको लोकप्रियता बढेसँगै हैवा पनि मैलाएकाे छ । फेसबुकमा अनेक किसिमको हैवा देख्छौँ । ‘सर्प र गाडीको फोटो हालेर ‘गो’ लेख्नुहोस् आफै कुद्ने छ ।’ लेखेर फेसबुकमा पोस्ट गरेका देखेका छौँ । पोस्ट गर्नेले त गरे गरे, तर हामी भने कमेन्टमा ‘गो, गो, गो’ लेखिरहेका हुन्छौँ । हामीलार्इ थाहा छ, कमेन्टमा ‘गो’ लेख्दा त्यो सर्प, गाडी कुद्दैन। तर पनि ‘भा’ कुदिहाल्छ भन्दै ‘गो’ लेख्न भने छाड्दैनौँ ।
मन्दिर र भगवानकाे फाेटाे फाेस्ट गरेर पनि त्यस्तै हैवा चलाइरहेका हुन्छन् । ‘आज सोमबार पशुपति मन्दिरको दर्शन ॐ लेखेर गर्नुहोस् तपाईँको मनोकामना पूरा हुनेछ ।, आज मंगलबार गणेश भगवानको दर्शन ॐ लेखेर गर्नुहोस् तपाईँको मनोकामना पूरा हुनेछ।, आज बिहीबार मुक्तिनाथ मन्दिरको दर्शन ॐ लेखेर गर्नुहोस् तपाईँको मनोकामना पूरा हुनेछ । ’ यस्ता पाेस्टहरू फेसबुमा धेरै अाउन थालेकाे छ । तर हामी साच्चिकै मनोकामना पूरा हुने जस्तै गरि ॐ लेखेर दर्शन गर्छाैँ । हामी कतिसम्म बेकुफ पनि बन्न सक्छौँ भन्ने यहाँबाटै प्रमाणित हुन्छ ।
हामीले फेसबुक चलाएर समयकाे बर्बाद मात्रै गरेका छैनाैँ । फेसबुककाे यस्ताे पाेस्टले बेकुफसमेत बनार्इरहेकाे छ । यसरी फेसबुकमा ‘गो’ लेखेर सर्प, गाडी कुदाउने, मन्दिरको फोटोमा ॐ लेखेर मनोकामना पूरा गर्नेहरूलाई सोध्न मन छ, फेसबुकमा हालेको खानाको फोटोले अघाउछौँ कि अघाउदैनौँ ?
सामाजिक सञ्जाल चलाउँनु हुदैन भन्ने खाेजेकाे हाेइन । यसकाे सहि सदुपयाे गर्न जरूरी रहेकाे छ भनेकाे हुँ । सामाजिक संजाल प्रयोग गर्दा प्रयोगकर्ताको आफ्नो दयित्व हुन्छ जुन उसले संजालको मर्यादा, काईदा र अनुशाषण पालन गर्दै पूरा गर्नुपर्छ। सावधानीको साटो ‘जे पर्छ, त्यो टर्छ’ को मनोवृत्तिमा परिवर्तन गर्न जरूरी रहेकाे छ ।
फेसबुकका मुख्य मालिक मार्क जुकरबर्ग फेसबुकबाटै खर्ब पति बनेका छन् भने हामी कङ्गाल पति बन्दै गएका छौँ ।
गत वर्ष विश्वभरबाट फेसबुकले प्रतिप्रयोगकर्ता २० दशमलव २१ डलर आम्दानी गरेको थियो । यो साल पनि विश्वभरबाट औसतमा प्रतिव्यक्ति २३ दशमलव ४५ डलर पुग्ने प्रक्षेपण गरेको छ । यो हिसाबले यस वर्ष फेसबुकले ६० खर्ब ७० अर्ब नेपाली रुपैयाँबराबरको धनराशि जम्मा गर्ने अनुमान गरिएको छ ।
साइबर क्राइम बढ्दै
नेपालमा सबैभन्दा बढी सामाजिक सञ्जालबाट साइबर अपराध हुने गरेको छ । फेसबुक, ट्विटर, भाइबर, स्काईप, ह्वाट्एसप, इन्स्टाग्राम, इमो जस्ता सामाजिक सञ्जालका प्रयोगकर्ता बढिरहेकोमा दिनहुँ जसो ८ देखि १० जना यस्ता सञ्जालबाट पीडित भएको भन्दै महानगरीय अपराध अनुसन्धान शाखाअन्तर्गतको साइबर क्राइममा उजुरी पर्छ ।
साइबर क्राइमसम्बन्धी काम गर्ने निकाय मौन बसिदिँदा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आफ्नो अधिकारलाई निष्ठा, कर्तव्य, भुल्दै दुरुपयोग पनि गर्दै छन् । वर्तमान मिडियाको मुख्य चुनौतीको रूपमा खडा भैसकेको विषय सामाजिक सञ्जालमा पिटिने हौवा एक महत्त्वपूर्ण हो ।
बालबालिकाको मनमस्तिष्कहरू पनि फेसबुक र ट्विटरले भरिएका छन् । यसमा पनि अभिभावकहरूले यी सञ्जाल आफ्नो सन्तानले कसरी चलाउँदै छन् भन्ने कुरा बुझ्नु जरुरी छ । सामाजिक सञ्जालको सही सदुपयोग भएको खण्डमा समृद्ध समाजको निर्माणको मार्गमा पनि यसले धेरै ठूलो भूमिका खेलेको हुन्छ भन्ने कुरा हामीले बुझ्नै पर्छ ।
सामाजिक सञ्जालबाट अनावश्यकरुपमा पिटिने हैवाले मिडिया मात्रै होइन, धेरै व्यक्ति, संस्था र समाजलाई समेत नकारात्मक असर पुगेको हुन्छ भन्ने कुरा हामीले बेलैमा विचार गर्नुपर्छ । अनावश्यक हौवा फिँजाउनेहरूविरुद्ध पनि चाँडै कारबाहीका कदमहरू चालिनुपर्छ ।
-By Nirdesh pokhrel
Post a Comment