बलिउडमा यतिबेला एकपछि अर्को गर्दै विवाहको सिजन चलिरहेको छ । अभिनेता रणवीर सिंह र दीपिका पादुकोणले विवाह गरेलगत्तै अहिले प्रियंका चोपडा र निक जोनसको विवाहको सुरुवात भएको छ ।
इटालीको लेक कोमोमा १४ र १५ नोभेम्बरमा दीपिका र रणवीरले विवाह गरे र अहिले प्रियंका र निक भारतको जोधपुरमा रहेको उम्मेद भवन प्यालेसमा यही डिसेम्बर २ र ३ मा विवाह गर्दैछन् ।
यि दुवै हाइ प्रोफाइल विवाहको कुरा गर्दा दुवैको एकअर्कासँग तुलना नहुने भन्ने कुरा नै आउँदैन । अहिले जहाँ दीपवीर (दीपिका पादुकोण र रणवीर कपूर)को जोडीको कुरा हुन्छ त्यहीँ निकयांका –निक जोनस र प्रियंका चोपडा)को जोडीको कुरा पनि आउने गरेको छ ।
यसैबिच यी दुवै जोडीमध्ये कुन जोडी बढी धनी छ होला भन्ने प्रश्न उठ्नु स्वभाविक नै हो ।
प्रियंका चोपडा अहिले संसारकै प्रभावशाली महिला मध्येकी एक हुन् । उनको कुल सम्पत्ति २८ मिलियन अमेरिकी डलर बराबर छ । अर्थात प्रियंका ३२० करोड रुपैयाँकी मालिक हुन ।
प्रियंकाको कमाइको मुख्य स्रोत फिल्म उद्योग नै हो । साथै उनी हलिउड गएदेखि त्यहाँ पनि उनले आफ्नो छुट्टै छाप बनाएकी छिन् । हलिउडमा स्थापित भएदेखि प्रियंकाको सम्पत्तिमा अझै वृद्धि भएको हो ।
साथै प्रियंकाले कैयाैं ठूला ब्राण्डको एण्डोर्स गरेकी छिन् । यसबाट पनि उनको राम्रै कमाइ हुने गरेको छ ।
प्रियंकाका हनेवाला दुलाहा निकको कूल सम्पत्ति २५ मिलियन डलर (अर्थात २८० करोड नेपाली रुपैयाँ) छ । निक पेशाले एक गायक, संगीतकार र अभिनेता पनि हुन् ।
प्रियंका र निक दुवैको सम्पत्ति जोड्दा निकयांकाको जोडीसँग ६०० करोड रुपैयाँ रहेको छ ।
दीपिका पादुकोण र रणवीर सिंहको कुल सम्पत्तिको कुरा गर्नुपर्दा अभिनेत्री दीपिका पादुकोण ११ मिलियन अमेरिकी डलर सम्पत्तिकी मालिक हुन भने अभिनेता रणवीर सिंहसँग पनि ११ मिलियन अमेरिकी डलर बराबरकै सम्पत्ति रहेको छ ।
अर्थात दीपवीरको जोडीको कुल सम्पत्ति २२ मिलियन डलर (लगभग २३६ करोड रुपैयाँ) रहेको छ ।
दीपिका र रणवीरको आम्दानीको मुख्य स्रोत फिल्म र ब्राण्ड एण्डोर्समेन्ट हो । साथै दीपिका र रणवीरको जोडी बलिउडमा अहिले सबैभन्दा धेरै पारिश्रमिक लिने कलाकार हुन् ।
-By Nirdesh pokhrel
Post a Comment