काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड रन्जन विष्टले पूर्व क्लब एपीएफविरुद्ध गोल गरेपछि रुस्लान थ्री स्टारले पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार जारी खेलमा अग्रता लिएको छ । पहिलो हाफमा थ्री स्टार १-० ले अगाडी छ ।
रुस्लान थ्री स्टारका लागि रन्जन विष्टले २५ औं मिनेटमा गोल गरेका थिए । सुनील बलले दायाँ विङसबाट दिएको लो क्रसलाई उनले फस्ट टचमै गोलमा परिणत गरे । त्यसअघि थ्री स्टारले अग्रता लिने अवसर गुमाएको थियो । रुपेश केसीले पेनाल्टी क्षेत्र बाहिरबाट १९ औं मिनेटमा गरेको प्रहार पोस्टभन्दा थोरै माथिबाट गएको थियो ।
एपीएफले पनि पहिलो हाफको अन्त्यतिर खेल बराबरी गर्ने अवसर पायो । सन्तोष श्रेष्ठले ४१ औं मिनेटमा पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा पाएको अवसर सदुपयोग गर्न सकेनन् । युवराज खड्काले बक्सभित्रबाट दिएको लो क्रसमा पिटर बिट भएपनि सन्तोषको प्रहार आकासिएको थियो ।
थ्री स्टारले यस खेलमा जित हात पारे शीर्षस्थानको मनाङसँग अंक बराबरी गर्नेछ । थ्री स्टारले यसअघि ४ खेलमा ३ जित र १ हार बेहोरेको छ । एपीएफ भने लगातार हारको सिलसिला टुंग्याउन प्रयासरत छ । एपीएफले लिगको चौथो चरण सकिंदा १ खेल मात्र जितेको छ ।
-Nirdesh pokhrel
Post a Comment