काठमाडौ । पछिल्लो समयमा पार्टीभित्र विभिन्न कोणबाट आलोचना खेपिरहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छोरा जयवीर देउवालाई राजनीतिमा सक्रिय हुन आग्रह गरेकाे बताइएकाे छ ।
आउने महाधिवेशनबाटै जयवीरले सक्रिय राजनीति गर्नुपर्छ मान्यतामा रहेको र नेतृ डा. आरजु राणा देउवा पनि सहमत भएको खुलासा भएको छ ।
यता देउवाका छोरा अहिले २३ वर्षका भए । उनी बेलायतको यूनिभर्सिटी अफ योर्कमा राजनीतिशास्त्रमा अध्ययनरत छन्। जयवीर पनि राजनीतिशास्त्रकै विद्यार्थी भएकोले उनले सक्रिय राजनीति गर्छन् भन्ने पूर्वानुमान पहिल्यैदेखि नै थियो ।
-By Nirdesh pokhrel
Post a Comment